२० बैशाख २०८३, आईतवार
पर्यावरण एवं वन पैदावार संघ कैलाली द्वारा कैलालीका स्थानीय तहमा खाद्यान्न  वितरण
मंगलवार, बैशाख २ २१:२३

पर्यावरण एवं वन पैदावार संघ कैलाली द्वारा कैलालीका स्थानीय तहमा खाद्यान्न वितरण


कैलाली ,कोरोना भाईरसको प्रकोपका कारण लक सरकारले लक डाउन घोषण गरेपछि कैलाली जिल्लामा विपन्न समुदायका मानिसहरुमा खाद्यान्न संकट उत्पन्न हुन थालेको छ ।
दिनभरी मजदुरी गरेर खाने मानिसहरुको साँझ विहानको जोहो गर्ने माध्यमनै बन्द भएपछि स्थानीय निकायले कतिपय स्थानहरुमा राहत वितरणमा ढिलाइ गरिरहेका बेलामा कैलाली जिल्लास्थित पर्यावरण एवं वन पैदावार संघ कैलालीले जिल्लाका अधिकाँश स्थानहरुमा खाद्यान्न वितरण गरेको छ ।
संघको नेतृत्वमा राहत वितरण कार्यलाई मंगलबार र बुधबार गरि दुई दिनसम्म सञ्चालन गरिने कुरा संघका कैलाली अध्यक्ष जोन शाहले जानकारी दिनु भएको छ ।
ग्रामिण क्षेत्रमा मानिसहरु बढी प्रभावित भएका समाचारहरु बाहिर आउन थालेपछि मानवीय नाताले उनिहरुको साँझ विहानको छाक टार्ने समस्या सृजना भएपछि आफुहरुले उक्त राहतको कार्यक्रम लिएर स्थानीय निकायमा पुगेको बताए । संघका अध्यक्ष जोन शाहका अनुसार बर्दगोरियास्थित साहार घरमा पनि राहत वितरण गरिएको बताउनु भयो । साहरा घरमा अनाथ मानिसहरु आश्रृत रहेका छन् ।

संघका कैलाली उपाध्यक्ष हिक्मत कुँवर संघले कैलाली जिल्लामा २०० क्वीन्टल चामल स्थानीय निकायमा हस्तान्त्रण गर्ने कार्यक्रम अनुसार मंगलबार जोशीपुर, बर्दगोरिया,मोहन्याल, लम्की चुहा , टीकापुर, त्रिशक्ती नगरपालिका र जानकी गाउँपालिकामा राहत वितरण गरिएको छ ।
मंगलबार संघले स्थानीय निकायका प्रमूख र पदाधिकारीहरुलाई उक्त राहत सामग्री हस्तान्त्रण गरिएको बताउनु भएको छ ।
कैलाली जिल्लाका अधिकाँश गाउँपालिका र नगरपालिकामा मुक्त कमैया,विपन्न र सुकुम्मबासीहरु रहेकाले लक डाउनका कारण तीं समुदायहरु बढी प्रभावित भएको कुरा जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले बताउनु भएको छ ।
स्थानीय निकायले प्रत्येक वडाहरुमा राहतका लागि तथ्यांक संकलन गर्ने काम भएको र विभिन्न दाताहरुबाटपनि गाउँपालिकालाई
राहत सहयोग भैरहेकाले व्यवस्थित रुपले राहत बाँड्न कार्य तत्काल थालिने पनि अध्यक्ष चौधरीले बताउनु भएको छ ।

Sharing is caring!

Latest News

जबर्जस्ति करणीको आरोपमा कैलालीमा ४जना पक्राउ ।
मंगलवार, बैशाख २ २१:२३
(साईन नेपाल) द्वारा कंचनपुरका मुक्त कमैया, भुमिहिन र सुकुम्बासीहरुलाई खाद्यन
मंगलवार, बैशाख २ २१:२३