सोमबार, बैशाख ८ ११:३८
सरकारले १५बैशाख देखि लकडाउनमा केही परिबर्तन गर्ने
बिष्णु जोशी धनगढी ।नेपाल सरकारले वैशाख १५गते पछि लकडाउन केही खुकुलो गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस को जोखिमलाई बर्गिय विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी गरेको छ ।
बैशाख १५पछि लकडाउन न लम्बिने पनि जानकारी प्राप्त भएको छ। यसको तीन बर्ग मा परिवर्तन गर्नेगरी तयारी गरिरहेका छौं । स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिनु भयो, ‘अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेको उहाले बताउनु भयो।’
