१८ बैशाख २०८३, शुक्रबार
भारत बाट तरकारी आउनेभए पछि कोरोना भित्रीने सम्बावना
मंगलवार, बैशाख ९ ११:३४

भारत बाट तरकारी आउनेभए पछि कोरोना भित्रीने सम्बावना

अन्तराष्ट्रिय सम्बन्ध समिति सभापति एवं झापा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले भारतसंग सिमा पुर्ण रुपमा बन्द गर्नु पर्ने र फलफुल तथा तरकारी आउने सवारी साधन रोकिनु पर्ने बताएकीछन् । यस बिषयको जिज्ञासामा उनले त्यो नआएको बताईएकी थिइन् । दमक लगायतका क्षेत्रमा खुलमखुल्ला आइरहेको कुरा राखेपछि उनले त्यो रोकिनु पर्ने र जनस्तरबाट समेत यो गर्न सकिने जनाईन् ।

यसले जोखिम निम्याउने भएकाले यो पुर्ण रुपमा रोक्नुपर्छ, उनले भनिन् । यदि त्यस्तो नरोएिको भए सम्बन्धित ठाँउ तथा सरकारसम्म पनि यो कुरा पुर्याइन्छ, उनले भनिन् । कोरोना भाइरस संक्रमणका लागि सबै आफ्नो ठाँउबाट लागिएको अवस्था छ,उनको भनाई थियो । विञ्जु मिडिया कर्नरका विजय बरालले गरेको ‘भिडियो कन्फ्रेन्स’ मा भएको छलफलमा उनले यस्तो बताईन ।

नेपाल भारत सिमा कडाई गरिने काम शुरु भएको भन्दै यसलाई जारी राखिने पनि उनले बताईन् । खुला सिमाका कारण समस्या भएको छ तर सुरक्षाकर्मीहरु यसमा लाग्नु भएको छ, उनले थपिन । यसमा नागरिक स्तरबाट पनि सहयोग जरुरत रहेको उनको भनाई थियो ।

Sharing is caring!

Latest News

आजको राशिफल
मंगलवार, बैशाख ९ ११:३४
दार्चुला मा लकडाउन अबधीभर यार्सागुम्बा सङ्कल मा रोक
मंगलवार, बैशाख ९ ११:३४