आजको राशिफल
बैसाख ९, २०७७/२१ April, २०२०
मंगलवार
मेष– केही खर्च भए पनि दानपुण्य र भेटघाटमा
खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै
मानसिक सन्तुस्टी मिल्ने दिन छ ।
वृष– उद्योग, कलकारखानामा लगानी गर्दा
फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा
भने खर्च हुने योग छ सावधान रहनुहोला ।
मिथुन– आज पढाइलेखाइमा राम्रो हुनेछ,
सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै
टाढाको यात्रा समेत हुन सक्छ ।
कर्कट– रोकिएका अधुरा कामहरु पुरा हुने छन
भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत
नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको
फल नपाहिने योग छ ।
सिंह– खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम
नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ
। स्वास्थ्यमा ठुलै समस्या आउला साथै
उपचारका लागी धेरैनै खर्च हुनेछ ।
कन्या– मेहनतले पुरस्कार तथा विभिन्न
उपहार दिलाउन सक्छ। साथीभाइका साथ
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला ।
तुला– आज तपाइले नसोचेको ठाउबाट धन आर्जन
गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ
दिने छन भने मातापिताको आर्शिवाद प्राप्त
होला ।
वृश्चिक– धेरै समय सानातिना घरेलु काममै
अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा
मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन
सक्छन ।
धनु– प्रक्रिया नमिल्नाले काम
दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ ।
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको
सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो
गाँस्नेहरूसँग सावधान रहनुहोला ।
मकर– नसोचेका समस्या देखिन सक्छन्् ।
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
साथीभाइको सहयोग जुटाउन प्रयत्न
गर्नुहोला । दिन सामान्य नै रहेको छ ।
कुम्भ– विभिन्न उपहार प्राप्त हुने समय छ ।
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका
काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
मीन– स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा
पनि समय दिन नसकिएला । सवारी चलाउदा
सावधानी अपनाउनुहोला । भीडमा धनमाल
हराउन सक्छ ।
