२० बैशाख २०८३, आईतवार
आज आमाको मुख हेर्ने दिन।
बिहीबार, बैशाख ११ ०८:३०

आज आमाको मुख हेर्ने दिन।

बैशाख ११/धनगढी ।९महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

“शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उहाँले भन्नुभयो । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । भोलीका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । भोली यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको गौतमले जानकारी दिनुभयो ।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाइकृष्ण बलामीले जानकारी दिनुभयो । आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् ।

आमा सृष्टि हुन् । गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै, आफैलाई पीडाको पोखरीमा राखेर उनले यो धर्तीमा ल्याउछीन । आफ्नो आत्मालाई सन्तानको आत्मा संग जोडेकी हुन्छिन् । आफ्नो जीवनका कैयौ रहर, आवश्यकता र उदेश्यलाई बलि चढाएर सन्तानको मुस्कानमा खुसी रहन्छीन् ।

आमा सम्बन्धि प्रेरक भनाईहरु

१. मेरी आमा नै मेरी शक्ति हुन् ।

२. जब एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्म संगै आमाले पनि पुनर्जन्म लिन्छिन् ।

३. छोराछोरीको लागि एउटा बाबुले गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुको आमालाई माया गर्नु हो ।

४. रुनको लागि सबैभन्दा सुरक्षित र राम्रो ठाउँ, आमाको अँगालो हो ।

५. मैले आफ्नो जीवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सबैभन्दा राम्री महिला हुन् ।

६. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् ।

७. आमाको मन, बच्चाको कक्षाकोठा हो ।

८. आमाको अँगालो कोमलाताले बनेको हुन्छ । त्यसैले बच्चाहरु आमाको काखमा मस्ताको निन्द्रा सुत्न सक्छन् ।

९. आफ्ना सन्तानलाई धेरै कुरा दिनको लागि आमाले आफ्नो जीवनमा धेरै कुराहरु त्याग्छीन् ।

१०. जो व्यक्ति संग भगवान जस्ती आमा छीन्, त्यो व्यक्ति

Sharing is caring!

Latest News

अर्घाखाचीबाट फर्किएका कैलालीका एक युवकमा कोरोना पोजेटिभ देखियो
बिहीबार, बैशाख ११ ०८:३०
आज को राशीफल
बिहीबार, बैशाख ११ ०८:३०