आजको राशिफल
राशिफल बैसाख १२, २०७७ – २४ अप्रिल
२०२०, शुक्रवार
मेष– प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन
सक्छ। साथीभाइको सहयोगले हिम्मत
दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा
गरिएको काम बन्न सक्छ ।
वृष– चोरी वा ठगीमा परिने समय छ । आर्थिक
कारोबार गर्दा निकै नै सजगता
अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय
बित्नेछ ।
मिथुन– रमाइलो यात्रा हुने सम्भावना छ ।
मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन
सकिनेछ ।
कर्कट– आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन
सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने
बेला छ। सामाजिक दायित्व बढ्नेछ ।
सिंह– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट
लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा
हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।
कन्या– श्रमको उचित मूल्यांकन होला।
पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक
रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
तुला– ेमेहनतले आम्दानी बढाउनेछ । आयस्रोत
बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
वृश्चिक– कामको सन्दर्भमा शक्तिशाली
व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका
विषायमा चासो लिँदा झमेला आइपर्ला ।
धनु– ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन
मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला
। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा
दुःख पाइनेछ ।
मकर– सन्तान वा अनुयायी र मातृशक्तिको
सल्लाह, सहयोगले फाइदा हुनेछ ।
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी
हुनेछन् ।
कुम्भ– स्वास्थ्य सबल रहनेछ र काममा पनि
फाइदाको योग छ । व्यापारमा भने कम मात्र
फाइदा होला ।
मीन– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो
लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले
भने सताउने देखिन्छ ।
