२० बैशाख २०८३, आईतवार
साइन नेपाल धनगढ़ीद्धारा कैलालीका थुनुवा कैदीहरुलाई सरसफाईका सामग्री हस्तान्तरण
शुक्रबार, बैशाख १२ १८:३०

साइन नेपाल धनगढ़ीद्धारा कैलालीका थुनुवा कैदीहरुलाई सरसफाईका सामग्री हस्तान्तरण

मानबिय सेवामा अनेकै प्रयाश साइन नेपाल धनगढ़ीद्धारा कोरोना कैलाली कारागारमा रहेका कैदीबन्दीलाई विभिन्न सरसफाईका सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन आवश्यक पर्ने सेनिटाईजर ३०० बोतल, मास्क २ हजार ९२० थान, ग्लोब्स ९ सय थान, साबुन ४३२ थान कारागारमा शुक्रबार हस्तान्तरण गरेको साईन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए ।
साईन नेपालले नेपालको १० जिल्लामा केयर एण्ड रिलिफ सेक्टरमा काम गर्दै आएको छ । कैलाली कारागारमा सरसफाईका समानको कमि भएकाले जिल्ला प्रशासन कार्यालयको रोहोबरमा आवश्यक समान वितरण गरिएको जोशीले जानकारी दिए । कारागारका चौकीदार खडक तामाङले कारागारमा क्षमताभन्दा वढी कैदीबन्दी रहेको बताउँदै सहयोगी संस्थालाई धन्यवाद दिए ।
करागारको सुरक्षामा खटिएका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक रामचन्द्र पन्तले सेनिटाईजर, मास्क उपलव्ध गराइएकाले सहज हुने जनकारी दिए ।

Sharing is caring!

Latest News

आजको राशिफल
शुक्रबार, बैशाख १२ १८:३०
धोबिनी गापामा राहत बितरण गर्दै:अध्यक्ष कुर्मी
शुक्रबार, बैशाख १२ १८:३०