शनिबार, बैशाख १३ १८:२०
कैलालीमा नदिमा डुब्दा२बालक को ज्यान गयो
बैशाख १३धनगढी ।कैलाली को घोडाघोडी नगरपालिका रहेकोे कान्द्रा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कान्द्रा नदिमा नुहाउने बेला आज दिउँसो करिब १२:०० बजेतिर उनीहरुको मृत्यु भएको प्रहरी ले जनाएको छ।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १२ का राजेन्द्र चौधरीका ११ बर्षिय छोरा सचिन चौधरी र सोही ठाँउका बैजनाथ चौधरीका १४ बर्षिय छोरा अनिश चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखड ले जनाएको छ।
प्रहरी का अनुसार, शिवनगर स्थित टतबन्धनमा नुहाउने गएकाबेला डुबेर उनीहरुको मृत्यु भएको हुनसक्ने जनाइएको छ । शव पोस्टमार्टमको लागि धनगढी लगिएको छ।
