१९ बैशाख २०८३, शनिबार
आजको राशिफल
आईतवार, बैशाख १४ ०८:४८

आजको राशिफल

राशिफल बैसाख १४-२०७७ – २६ अप्रिल
२०२०, आइतवार
मेष– विद्यामा कमजोरी र लेनदेनमा विवाद
होला। विगतका समस्या बल्झिन सक्छन् ।
सानातिना काम र घरेलु समस्यामा पनि
अल्झनुपर्ने देखिन्छ ।
वृष– आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न
गर्दा पनि उपलब्धि हासिल नहोला ।
मिथुन– प्रतिस्पर्धामा विजयी भइनेछ।
व्यापारलगायत आर्थिक लाभ हुने काममा
राम्रै फाइदा हुनेछ।
कर्कट– रोकिएका काम बन्नाले उत्साह
जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न
सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।
सिंह– प्रयत्न गर्दा व्यावसायिक काम
सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा
अलि सावधानी अपनाउनुहोला ।
कन्या– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ ।
कामको चापबाट पनि फुर्सद पाइनेछ ।
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
तुला– परिवारजनको साथले नयाँ आशा
पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ
भने दाम्पत्य सुखमय बन्नेछ ।
वृश्चिक– तपाईंको ईर्ष्या गर्नेहरूले काममा
अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य
राखेर अघि बढ्दा फाइदा हुनेछ ।
धनु– अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ
। अप्रिय समाचारले दुःखी बनाउला।
पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने छ ।
मकर– व्यापारमा सोचेको फाइदा नउठ्ने
देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन
मुस्किल पर्ला ।
कुम्भ– विभिन्न सहयोग र उपहार पाइनेछ ।
भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै
हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन
सक्छ।
मीन– अनावश्यक भ्रमणमा समय बित्न सक्छ ।
स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
उपचारमा खर्च हुने योग छ ।

Sharing is caring!

Latest News

हरिहरपुरमा राहत बितरण कार्यक्रम बिथोल्न खोज्नेले तोडफोड गरे , राहत १ सय ६६ जनालाई बितरण भयो
आईतवार, बैशाख १४ ०८:४८
आजको राशिफल।
आईतवार, बैशाख १४ ०८:४८