१९ बैशाख २०८३, शनिबार
आजको राशिफल।
सोमबार, बैशाख १५ १०:३२

आजको राशिफल।

राशिफल बैसाख १५-, २०७७ – २७ अप्रिल ,२०२०, सोमवार
मेष– कामले अरूलाई प्रभावित पारेर फाइदा
लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन
होला ।
वृष– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ
। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
मिथुन– आफन्तबाट टाढिनुपर्ने समय छ ।
वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन
सकिनेछ ।
कर्कट– आम्दानी बिगार्नेहरू सक्रिय रहन
सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ।
सोचेभन्दा कमै फाइदा मिल्नेछ ।
सिंह– आजको लाभांश सुरक्षित वा सञ्चय नहुन
सक्छ । सरसापटमा धन खर्च हुने समय छ ।
कन्या– एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन
सक्छन् ।
तुला– ब्यवसायमा प्रशस्तै लाभ हुनेछ।
भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम
शुभारम्भ गर्न सकिनेछ ।
वृश्चिक– अवसर आए पनि मौकामा लाभ उठाउन
नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा
हुनेछ ।
धनु– आफ्नै कमजोरीले विवादमा परिने योग छ,
सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही
कमजोर सावित भइएला ।
मकर– गरेका कामबाट धेरैलाई फाइदा पुग्न
सक्छ । सामाजिक काममा रुचि बढ्नेछ ।
कुम्भ– आश्वासन दिएर झुक्याउनेहरूले सताउन
सक्छन् । बन्ने निश्चय भएको काम अचानक
बिग्रन सक्छ ।
मीन– स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा
कमी आउनेछ । पठनपाठनमा समय दिन
नसकिएला ।

Sharing is caring!

Latest News

आजको राशिफल
सोमबार, बैशाख १५ १०:३२
महाकाली नदि बाट उद्दार गरिएकी महिलाको उपचारका क्रम मा कोहलपुरमा ज्यान गयो
सोमबार, बैशाख १५ १०:३२