१९ बैशाख २०८३, शनिबार
क्यानडाका पुर्ब दुत टण्डनले सुदुरपश्चिमका सञ्चारकर्मीहरुलाई शुरक्षा सामग्री सहयोग गरे
शुक्रबार, बैशाख १९ २१:०६

क्यानडाका पुर्ब दुत टण्डनले सुदुरपश्चिमका सञ्चारकर्मीहरुलाई शुरक्षा सामग्री सहयोग गरे

धनगढी, १९ बैशाख । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिममा फिल्डमा खटिएर काम गरिरहेका सञ्चारकर्मीहरुलाई शुरक्षा सामग्री सहयोग भएको छ । रोजगारीको सिलसिलामा क्यानडा रहेका नर बहादूर टण्डनले कैलालीका पत्रकारहरुलाई शुरक्षा सामग्री सहयोग गरेका हुन् ।

क्यानडाका लागी नेपालका पुर्ब पर्यटन दुत समेत रहेका टण्डनले ५० सेत पिपि ई, मास्क तथा ग्लोब्स सहयोग गरेका हुन् । न्युज २४ टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिक्मत रावल मार्फत उनले सो सामग्री सहयोग गरेका हुन् । कोरोनाको जोखिममा रहेर काम गरिरहेका यहाँका सञ्चारकर्मीहरुका लागी शुरक्षा सामग्री आवश्यक परेको जानकारी गराएपछि टण्डनले सहयोग गरेको रावलले बताए । यि सामग्रीले कोरोना जोखिम क्षेत्रमा काम गर्न सहज हुने उनको बिश्वास छ ।

स्वास्थ्यकर्मी तथा शुरक्षाकर्मी जस्तै सञ्चारकर्मी समेत अग्र पंक्तीमा रहेर काम गरिरहेकाले शुरक्षा सामग्री अति आवश्यक रहेको पत्रकार महासघं सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बताए । जोखिम मोलेर काम गरिरहेका पत्रकारको शुरक्षाका लागी सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाई छ ।

धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडको उपस्थितीमा आज उप महानगरपालिका परिसरमा स्वास्थ्य सामग्री पत्रकारहरुलाई वितरण गरिएको हो । सहयोग गर्ने नर बहादूर टण्डनलाई उप महानगरपालिकाका मेयर नृप बहादूर वडले धन्यबाद दिए । पत्रकारका लागी स्थानिय तहको तर्फबाट हुने सहयोग गरिरहेको र अन्य सहयोगका लागी प्रदेश सरकारकोपनि ध्यान जानुपर्ने मेयर वडको भनाई छ ।

Sharing is caring!

Latest News

कपिलवस्तुमा वडाध्यक्षमाथि गो’ली प्र’हार।
शुक्रबार, बैशाख १९ २१:०६
श्रमिक दिवस को अवसर मा प्रधानमन्त्री के पि शर्मा ओलि ज्युको कविता को भाव।
शुक्रबार, बैशाख १९ २१:०६