पत्रकार तथा मानव अधिकारकर्मी द्धारा कञ्चनपुरमा खाद्य अधिकारको स्थितीबारे अनुगमन
खाद्य अधिकारका क्षेत्रमा काम गर्ने संस्था फियान नेपाल लगायत मानवअधिकारकर्मी तथा सञ्चारकमीहरुले कञ्चनपुरको भिमदत्त नगरपालिकामा खाद्य सामाग्री अनुगमन गरेको छ ।
फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीले चैत्र १४ गते देखि खाद्य अनुगमन गरेको बताए ।
फियान नेपालका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द रानाले लकडाउनको पुर्णरुपमा पालना भएको, नाका सिल, जनताले पाईरहेको खाद्यको गुणस्तर बारे अनुगमन गरिएको बताए । उनले अस्थाई रुपमा राखेको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको खानपान, स्वस्थ सुरक्षा लगायको व्यवस्थापनमा बिशेष ध्यान दिन जरुरी भएको बताए ।
भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले राहत पुग्नु पर्ने व्यक्तिलाई राहत पुगाएको बताए । साथै उनले राहत सामाग्री अनुगमन गर्नका लागी समीती बनाएको र राहत एकद्धार प्रणालीबाट नै बितरण भएको बताए । साथै नगरपालिकाको सहि डाटा र वास्तबिक पिडीत पत्ता लगाउन उपमेयरको संयोजकत्वमा समिती गठन गरेको बताए ।

अनुगमनमा जिल्ला अनुगमन सामीती कञ्चनपुर संयोजक नरेश सिलाल, खाद्यय अधिकार सञ्जाल कंञ्चनपुर संयोजक कोमल निरन्जन भाट, खाद्य अधिकार सञ्चार समुहका सुदूरपश्चिम संयोजक अर्जुन शाह, पत्रकार हरि बिक र बिवेक नागरी लगायतको टोलीले अनुगमन गरेका छन् ।
