१९ बैशाख २०८३, शनिबार
नेपाल परिवार दल डोटीले  बडी केदार गाउपालिकाका २५जना परिवारलाई  खाद्यान्न बितरण गर्यो
शनिबार, बैशाख २० २०:३३

नेपाल परिवार दल डोटीले बडी केदार गाउपालिकाका २५जना परिवारलाई खाद्यान्न बितरण गर्यो

नेपाल परिवार दल डोटी जिल्ला समन्वय समितिले बडी केदार गाउपालिका वडा नम्बर(२ मा गरिब तथा दैनिकी मजदुरी गरि खाने २५जना परिवारलाई चामल वितरण गरियो ।
बन्दाबन्दीले दैनिक ज्याला मजदुरीमा काम गर्ने मजदुरहरुले काम गर्न नपाएपछि खाद्यान्न समस्या हुदा उहाँहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको हो।

नेपाल परिवार दल डोटी जिल्ला अध्यक्ष डबल बहादुर साउदका अनुसार कोरोना महामारीको आपत कालका बेला गाउँपालिकाका वडा नम्वार २ सिर्सिकादलित, गरिब, अशक्त र काम गर्न नपाएका जनतालाई केही रुपमा सहयोग पुगोस भन्नका लागि २५जना परिवारलाई खाद्यान्न बितरण गरिएको छ।

Sharing is caring!

Latest News

पत्रकार तथा मानव अधिकारकर्मी द्धारा कञ्चनपुरमा खाद्य अधिकारको स्थितीबारे अनुगमन
शनिबार, बैशाख २० २०:३३
धोबिनी गापाको वाड न. १ र २ मा राहत वितरण गर्दै : अध्यक्ष कुर्मी
शनिबार, बैशाख २० २०:३३