१८ बैशाख २०८३, शुक्रबार
बन्दाबन्दीको अवस्थामा खाद्य अधिकारको अवस्था वारे अनुगमन
आईतवार, बैशाख २१ १५:४१

बन्दाबन्दीको अवस्थामा खाद्य अधिकारको अवस्था वारे अनुगमन

कैलाली , खाद्य अधिकारको क्षेत्रमा क्रियाशिल मानव अधिकारबादी संस्था फियान नेपाल, खाद्य अधिकार संचार समुह, संचारकर्मी लगायत मानव अधिकारकर्मी द्धारा कैलारी गाउपालिकामा खाद्य अधिकारको अवस्था वारे अनुगमन गरेको छ ।
कैलारी गाउपालिका वडा नम्बर ३ शिवरत्नपूरमा बन्दाबन्दिको अवस्थामा सुरक्षा अवस्था, खाद्यन्न मा पहुंच, राहत बितरण, स्वस्थ्य अवस्था वारे अनुगमन गरिएको फियान नेपालका कानून तथा क्षमता बिकास अधिकृत मुकुन्द रानाले बताउनु भयो ।
नेपाल भारतको सिमा संग जोडिएको शिवरत्नपूर बस्तिमा बन्दाबन्दीलाई मध्यनजर गरि स्थापना गरिएको सशस्त्र प्रहरी अस्थायी पोष्टको कारण सिमा सुरक्षा तथा बस्तिको सुरक्षा भएको र अस्थायी पोष्टलाई स्थायी रुपमै स्थापना गरि दिन तपाई हरु मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछौ स्थानिय कमल चौधरीले बताउनु भयो ।
राहत बितरणको सन्दर्भमा वार्ड कार्यालय मार्फत राहत बितरण भैरहेको तथा नेपाल रेडक्रस सोसाईटीले समेत राहत बितरण गरेको स्थानियले बताए ।
नेपाल भारत सिमाको चन्दन चौकी नाका शिल गरिएकोले भारतबाट मानिस लगायत अन्य सामग्रीको आपूर्ति रोकिएकोले संक्रमणको जोखिम कम भएको तथा गांउमा भारत लगायत अन्य स्थान बाट आउनेहरुलाई क्वाराईटाईमा बस्न तथा अटेर गर्नेलाई सामुदायिक कारवाही गर्नेगरिएको कुरा शिवरत्नपूरका भलमनशाले बताए ।

Sharing is caring!

Latest News

भाई टंकराजको स्मृतीमा आमाको मायालाई खाद्यन्न सहयोग
आईतवार, बैशाख २१ १५:४१
नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
आईतवार, बैशाख २१ १५:४१