सरकार लाइ प्रबासी नेपाली हरु को सन्देश
खबरचित्र बैशाख २१
सरकार लाइ प्रबासी नेपाली हरु को सन्देश ।
भारत मा काम को सिलसिला मा आएका नेपाली हरु को अवस्था दिन प्रति दिन नाजुक बन्दै गएको छ।भारत सरकार ले कोरेना भाइरस कोभिड १९ नियन्त्रण को लागि लगाएको लकडाउन का कारण भारत मा ज्याला मजदुरी गरि खाने हामी नेपाली हरुको पीडा बढ्दै गएको छ।यो बिपत को घडी मा पनि नेपाल सरकार ले भारत मा रहेका आफ्ना नागरिक को पीडा लाई एक कान ले सुन्ने र अर्को कान ले उडाउने गरेको हामिले अनुभुती गरेका छौ। हामिले पटक-पटक
नेपाली मिडिया मार्फत हामी हरु भारत मा असुरक्षित छौ भन्दा पनि सरकार ले कुनै किसिम को ठोस कदम उठाएको छैन भारत का भिभिन्न राज्य कर्नाटका,महारास्ट्र,तामिलनाडु,दिल्ली लगायत का सहर मा अहिले हजारौं को सङ्ख्या मा नेपाली हरु को बिचल्ली हुनु का साथै कतिपय को रोजगारी समेत छुटेर बेहाल भएका छ्न।
मैले माननीय प्रधान मन्त्री के पि शर्मा ओलि ज्यु को सचिवालय मा समेत सम्पर्क गर्दा फोन उठेन ।
मन्त्री ज्यु चाइना मा रहने नेपाली का छोरा हरु मात्र नेपाली र भारत मा बस्ने हामी नेपाली हरु लाई यो सौतेनी व्यबहार किन ।भोट माग्ने बेला त खुट्टा ढोग्नु हुन्छ, यो बिपत्ति को घडी मा किन कान थुन्नु हुन्छ। तर हामी हरु लाई पनि पेलेन चार्टर गर्न सकिन्न र होइन भने तपाईं त्या बाट पेलेन पठाइ दिनु होस हामी आफू सङ्ग भएको किड्नी समेत बेचेर तपाईं को पेलेन को भाडा चुकाइ दिन्छौ। हामी लाई यो ठाउँ मा ज्वरो आए पनि सिटामोल पाउन सक्ने अवस्था छैन ।त्यसैले हामी हरु जुनसुकै परिस्थिति को सामना गरे पनि आफ्नै नेपाल मा गर्न चाहन्छौ।
प्रबास मा भएका पीडित हरुको माझ वाट।यो सन्देश मेरा देश का प्रधान मन्त्री के पि शर्मा ओलि ,नेपाली काङ्ग्रेस का सभापति शेर बहादुर देउबा, बिदेश मन्त्री प्रदिप ज्ञवाली ,र सुदुरपश्चिम प्रदेश का मुख्य मन्त्री त्रिलोचन भट्ट।ज्यु यो संदेश हेर्नु हुन्छ भने किर्पया देखे पनि नदेखे जस्तै नगरिदिनु होला।।।।।बिष्णु जोशी ,
घोडाघोडी नगरपालिका
हाल दक्षिण भारत बेङ्ग्लुर।9738507127
