भारत सत्रु हो की मित्र
प्रबेश कुमार साउद,मुम्बई,भारतको नुन खाएको छु नुनको सोझो गर्नु मेरो कर्तब्य हो। तर आफ्नु देश र सिमाना माथी भएको अन्याय हेरेर मौन बस्नु भनेको एउटा नेपाल आमाको कलंक छोरा भएको प्रमाणित हुनु हो। म चाहन्न जुन देशले रोजी रोटी दिएको छ। उसैको बारे नराम्रो भनौं। तर म यति पनि सहेर बस्न सक्दिन। जस्ले नेपाल आमाको छाती माथि अधिकार जमावस् । हो भारत र नेपाल भाई भाई सम्बन्ध भएको देश हो रे! रोटी र बेटी सम्मको सम्बन्ध भएको देश हो रे जात धर्म सस्कृति सबै मिल्दो जुल्दो छ रे यदि हो भने भारतले नेपाल प्रति गर्ने व्यवहार भाई भाई जस्तो लाग्छ त.? हिजो भूकुम्बले मेरो देश रोइरहेको बेला ति जनता भोक भोकै परेको र घरबार बिहीन भएको बेला हजारौं ले ज्यान गुमाउनु परेको बेला त्यस्तो भयानक संकट बेला पुरानो घाउ निको हुन् नपाउँदै देशमा नाकाबन्दी गरेर के पायो..? जुन बेला नेपाल आपति र विपतिमा हुन्छ अनि भारतले चान्स मारीहाल्छ। त्यस्तो भुकुम्वले तड्पिरहेका नेपाली हरु माथि एउटा खुशीको कुरो संविधान र बन्यो तर नेपाल माथि भारत ले लाएको नाकाबन्दी जिन्दगी भर भुल्ने छैनौ मोदी सरकार…!!
मेरो देशले संविधान बनाउने र मधेश मा विवाद होस् या पहाडमा जहाँ जेसुकै होस् त्यो आन्तरिक मामिला हो । त्यसमा भारतको के टाउँको दुखाई किन आफ्नु देशको आन्तरिक मालिलामा हस्तक्षेप गर्नु। नेपाल भारत भाई भाईका सम्बन्ध रोटी बेटीको सम्बन्ध भनेर भारतीय रुपैयाँ नेपालमा स्वतन्त्र रूपले चल्ने व्यवस्था थियो जब भारतले नोट भन्दि गर्यो करोडौंको घाटा नेपाल ले भोग्नु पर्ने नोट साट्न सरकारले पहल त चालेकै हो तर एक कानले सुनेर अर्को कानले उडाइदियो मोदी सरकारले… फेरि यस्तो संकट महामारी covit 19 कोरोहाले तड्पी रहेको बेला त्यही मौका छोपेर नेपाली भूमि माथि डोजर चलाएर सडक बनाउने त्यो पनि नेपाल सरकार लाई थाहै नदिएर के यही हो त असल राष्ट्र भनेको के यही हो त रोटी बेटिको सम्बन्ध भनेको जब नेपाल लाई आपत् पर्छ तब भारत झन् घाउमा नुन छर्कने काम गर्छ।
लाखौं नेपालीको रगतको खोला बग्न सक्ला तर आफ्नु माटो र आफ्नु देशको लागि गोर्खाली हरु पछाडि हट्दैनन् भने ईतिहास साँच्ची छ। भीमसेन थापा ,बलभद्र कुँवर, भक्ति थापा , जस्ता बिर सपुतको बलिदान बाट आर्जेको देश हो कसैको बाउँ ले दाइको दिएको होइन। दुनियाको सामु एउटा स्वतन्त्र देश भारत संग झुक्न कदापि जानेका छैनौ चाहे ठूलो होस्
