२० बैशाख २०८३, आईतवार
फाउण्डेसनद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग
शनिबार, जेष्ठ ३ १९:४३

फाउण्डेसनद्धारा फोटोपत्रकार महासंंघलाई प्रेस ज्याकेट सहयोग


नेपाल फोटो पत्रकार महासंघलाई जीपी फाउण्डेसन नेपालले २ सय थान प्रेस ज्याकेट सहयोग स्वरूप उपलब्ध गराएकोछ । उक्त प्रेस ज्याकेट फाउण्डेसनकी अध्यक्ष शुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका विच महासंघलाई काठमाडौमा शनिबार हस्तान्तरण गर्नुभयो । कोरोनाको अत्यधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत फोटोपत्रकारहरूलाई लक्षितगरि प्रेस ज्याकेट हस्तान्तरण गरिएको हो ।

उक्त अवशरमा संक्षिप्त रुपमा बोल्नुहुदै अध्यक्ष कोईरालाले फोटोपत्रकारहरूले सधै अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने भएकाले फाउण्डेसनले प्रेस ज्याकेट सहयोग गरेको बताउनुभयो । त्यसैगरि महासंघका अध्यक्ष ध्रुव आलेले कोरोना महामारिका कारण विभिन्न क्षेत्रमा लकडाउन र कर्फ्यु जारि भएकाले हालको अवस्थामा फिल्डमा अग्रपंतीमा रहेर रिपोर्टिङ गर्नुपर्ने फोटोपत्रकारलाई प्रेस ज्याकेटले ठूलो सहयोग पुग्ने भन्दै फाउण्डेसनलाई धन्यवाद दिनुभयो ।

Sharing is caring!

Latest News

मैले नचिनेकाे माटाे !
शनिबार, जेष्ठ ३ १९:४३
अलपत्र नेपालीको उद्धार हुने : कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डा. रावल
शनिबार, जेष्ठ ३ १९:४३