कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष कुँवरको सकृयतामा सीमामा अलपत्र नागरिकलाई खाद्यान्न वितरण
नेपाल–भारत सिमानाका गौरिफन्टामा हजारौ मानिसहरु अलपत्र परेका छन ।भारतका विभिन्न स्थानहरुबाट नेपाल आउन सीमामा पुगेका सयौं नेपालीहरुलाई कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा चाउचाउ जुस बितरण गरिएको छ ।
कोभिड -१९ कोरोना भाइरसका कारण लकडाउन हुँदा भारतमा अलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्कन सीमा क्षेत्रमा पुगेका छन् ।

हिजो अस्ति झै आज पनि नेपाल–भारत सिमानाका गौरिफन्टामा हजारौ मानिसहरु अलपत्र परेका छन । उनीहरुलाई केही राहत पुगोस् भनेर कुवरले २० पेटि चाउचाउ, २० पेटि पानी र १५ पेटि जुस लगायतका खाद्यान्न समाग्री सहयोग गरेका हुन ।

नेपाल-भारत सीमामै उनिहरुको स्वास्थ्य परिक्षण र तथ्यांक संकलन गरि उनिहरुलाई नेपाल प्रवेश गराउने तयारी गरिएको छ ।
भारतको मुम्बई र दिल्ली बाट बस रिजर्भ गरेर नेपाल-भारत सीमा नाका गौरीफन्टा डोकेबजार पुगेर भोकभोकै रहेका उनिहरुलाई कैलाली उद्योग बाणिज्य संघ का अध्यक्ष कुँवरको सकृयतामा चाउचाउ पानी र जुस बितरण गरिएको हो ।
