१८ बैशाख २०८३, शुक्रबार
लकडाउनमा’फूलबारी जेसीजले  गर्यो रगत सङ्कलन
बुधबार, जेष्ठ १४ १६:३०

लकडाउनमा’फूलबारी जेसीजले गर्यो रगत सङ्कलन

धनगढी ,कोरोना भाइरस कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले ुलकडाउनु घोषणा गरेपछि काठमाण्डौ सहित देशका विभिन्न ठाउँमा रगतको अभाव भएको छ ।

रगतको अभावलाई मध्यनजर गर्दै फूलबारी जेसीजको आयोजना रेडक्रस फुलबारी उपशाखाको सहयोगमा रक्तदान कार्यक्रमा बुधवार रक्तदान सम्पन्न भएको छ । धनगढी उप महानगरपालिका वडा नम्वर १८डिपो बजार स्थीत सुरक्षित रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।‌

जेसीजका अध्यक्ष विकाश नेपालीले ुकोरोनाबाट आफू बचौँ, रक्तदान गरी अरुलाई बचाऔँ । देश सङ्कटको अवस्थामा गुज्रिरहेको छ । कत्तिका घरमा चुलो बल्न सकिरहेको छैन ,कतिका घरमा औषधिहरु सकिएका छन् । रगतको अभावलाई मध्यनजर गर्दै फूलबारी जेसीजले सकेको कार्य गर्न आफ्नो स्थानबाट सकेको प्रयास गर्न र अहिले देशले के दियो भन्दा पनि देशलाई के दिइरहेका छौँ, त्यो महत्वपूर्ण रहेको बताए ।

कार्यक्रम फुलबारी जेसीजका संस्थापद अध्यक्ष सुनिल सुवेदी , महासचिव चक्र नेपाली , नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य लक्ष्मी देवकोटा पुर्व अध्यक्ष लक्ष्मी राज ओझा , फूलबारी उपशाखा रेडक्रस सभापति तथा उहाको टिम, र फूलबारी जेसीज बोर्डका सदस्यहरु, रक्तदान गर्नुहुने रक्तदाता सहभागी रहेका थिए ।

Sharing is caring!

Latest News

मुख्यमन्त्रीका स्वकिय सचिवको गलत प्रचारका कारण भारतबाट हुुका हुल नाकामा पुगे ःनेता रावल
बुधबार, जेष्ठ १४ १६:३०
धनगढी उप–महानगरपालिकाले राहत बितरण गर्योको कुहिएको चामल प्रकरणमा रश्मी ट्रेडको संग्लनता गल्ती स्वीकार
बुधबार, जेष्ठ १४ १६:३०