२९ असार २०८३, सोमबार
भारतबाट फर्किएका गाउँबासीलाई सीमाबाट उद्धार गर्दै,पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्ः ‘तत्काल पीसीआर परीक्षण होस्’
बिहीबार, जेष्ठ १५ २२:५४

भारतबाट फर्किएका गाउँबासीलाई सीमाबाट उद्धार गर्दै,पूर्वीचौकी गाउँपालिका अध्यक्ष भन्छन्ः ‘तत्काल पीसीआर परीक्षण होस्’

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा भारतबाट स्वदेश फर्किएका २ सय जना भन्दा बढी क्वारेन्टाइनमा राखिएका छन् ।
बिहिबार उपहार खबरसँग संक्षिप्त कुराकानी गर्दै गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भारतबाट स्वदेश फर्किएका २०० भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । भारतमा रेलसेवा संचालन भएपछि रोजगारीका लागि भारतमा गएका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ ।

बिहिबार पनि पूर्वीचौकी गाउँपालिकाका १५० जना भन्दा बढी कैलालीको गौरीफन्टा नाकामा पुगेका छन् । गाउँपालिकाले सिमा क्षेत्रबाट बसको व्यवस्था गरि गाउँपालिका सम्म लगेर क्वारेन्टाइनमा राख्दैछ । क्वारेन्टाइनमा गर्नुपर्ने सबै खाजा, खानाको व्यवस्था गाउँपालिकाले गरेको छ । भारतबाट गाउँ फर्किनेको संख्या बढेसँगै स्थानीयतहले मात्रै क्वारेन्टाइनको भार थेग्न नसक्ने अध्यक्ष बोगटीले बताए ।

प्रदेश सरकार र संघीय सरकारलाई पनि क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे । अध्यक्ष बोगटीले भने, “संघीय सरकारले तत्काल पीसीआर परीक्षणको लागि पहल गरोस्, नत्र महामारी फैलिन सक्छ ।” स्वास्थ्यकर्मीहरुको लागि पीपीई र स्वास्थ्य सामाग्री समेत पर्याप्त नभएको अध्यक्ष बोगटीले जानकारी दिए ।
गाउँपालिकाले यस अगाडी काठमाडौँमा अध्ययनरत विद्यार्थीहरुलाई पनि गाडीको व्यवस्था गरेर उद्धार गरेको थियो .

Sharing is caring!

धनगढी उप–महानगरपालिकाले राहत बितरण गर्योको कुहिएको चामल प्रकरणमा रश्मी ट्रेडको संग्लनता गल्ती स्वीकार
बिहीबार, जेष्ठ १५ २२:५४
सहयोगी मन पाउँदा सुबिधा सम्पन्न क्वारेन्टाईन ब्यावस्थापन गर्न जुटे वडा अध्यक्ष ऐर
बिहीबार, जेष्ठ १५ २२:५४