सहयोगी मन पाउँदा सुबिधा सम्पन्न क्वारेन्टाईन ब्यावस्थापन गर्न जुटे वडा अध्यक्ष ऐर
धनगढी,
स्थानिय सरकार संचालनले गरेको क्वारेन्टाईन ठाउँमा खानेपानी, सौचालय, बस्ने कोठामा पंखा नभएको, एउटै कोठामा धेरै मानिसलाई राखिएको, नियमित स्वास्थ्य जाँच नगरीएको पाइएको छ। यस्तै क्वारेन्टाईनमा रहेकालाई मास्क, साबुन र सेनिटाईजरको अभाव रहेको पाइएको छ । भने खाना र नास्तामा समेत समस्या देखिएको पाइएको छ । धनगढी उप महानगरपालिका वडा नं. ३ का भारतवाट आएका ३५ जना नागरिकलाई आन्दीत बनाएको छ । भारतवाट आएका नागररिक स्वादिलो भोजन पाउँदा र घरको जस्तै ओछ्यान पाउदा हर्षित छन् ।फलामको ठुलो ढोका चौतर्फी इटाको पर्खाल र त्यसै भित्रवाट मङ्न मङन खानको परिकारको सुगन्ध आईरहेको छ ।
सुदुरपश्चिममै नमुना कोरेन्टाईन बनाएको दावी वडा अध्यक्ष बल बहादुर ऐरको छ । म रिपोटिङ्ग गर्न त्याँहा पुग्दा वडा अध्यक्ष भारतवाट आएको नागरिकलाई छुटा छुटै ढसना, सिरक, तन्ना, सावुन, ब्रस, झुल लगाएतका सामाग्री ओसार्दै थिए ।

उनको अहिलेको दिनचर्यानै बनेको छ । आफ्नो वडाको नागरीकलाई सुरक्षीत राख्न उनले हरसम्भव प्रयत्न गरेका छन् जस्मा उनलाई वडाका वडासदस्य ओम विक्रम चन्द लगाएतले पुर्ण सहयोग गरिरहेको छन् । क्वारेन्टाईनमा सावुन, ब्रस, टुथपेस्ट, सोडा लगाएतका सामाग्री अभाव हुन नदिएको उनी बताउछन् । महिलाको लागि छुटे शैचालयको व्यवस्था मिलाएको, महिनावारी हुदा सेनिटेरी प्याडको व्यवस्था मिलाएको, क्वारेन्टाईनमा निशुल्क ईन्टरनेट सेवा दिई रहेको वडा अध्यक्ष ऐरले जनकारी दिए । क्वारेन्टाईन भवनको सुरक्षाका लागि भवन वाहिर फलामको तारबेर गरेको उनी बताउछन ।

स्वास्थ्यको ख्याललाई मध्यनगर गर्दै हाईजेनिक खाना ख्वाईरहेको र क्वारेन्टाईनमा वसेको नागरिकलाई १४ दिन अनिवार्य राख्ने र प्रदेश सरकारसंग समन्वय गरेर उनिहरुको परिक्षको व्यवस्था मिलाउने र घर पठाउने उनले जानकारी दिए । वडाका नगरिकलाई आउन पुर्व सुचना दिन समेत आग्रह गरे र नाकावाट सुरक्षित रुपमा क्वारेन्टाईनमा ल्याउने उनले जानकारी दिए ।

विश्वमानै कोरोनाले सन्त्राश भएको समयमा नेपाल पनि अछुतो रहन सकेको छैन्, यति बेला नेपालमा पनि लकडाउन छ यस्तो अवस्थामा वडाको जनप्रतिनिधिकोे आफ्नो वडाको नागरिकको सुरक्षाकालागि रसम्भव काम गरिरहेको वडाका वडासदस्य ओम विक्रम चन्दले बताए । क्वारेन्टाईनको सुरक्षको लागि प्रहरी पनि खटिरेहेको उनले जानकारी दिए ।

सामाजिक काममा होम्सिएको श्री भक्त वि वि. हेल्पिङ ह्याण्डस फर ह्युमानिटीका अध्यक्ष भतm बहादुर भण्डारीको सहयोगमा र वडा नं. ३ को सहकार्यमा वडा अध्यक्षले नमुना क्वारेन्टाईन बनाएको छन् । क्वारेन्टाईन जेठ ११ गतेवाट सुरु गरिएको र आवश्यक भएका सम्पुर्ण समाग्रीको उपलधव्ता गराएको भक्त वि वि हेल्पिङ ह्याण्डस फर ह्युमानिटीका प्रदेश सल्लाहकार राज बहादुर चन्दले जानकारी दिए । उनले प्रदेशका अन्य जिल्लामा पनि आफ्नो संस्था विस्तार गरेर काम गर्ने बताए । खाना पकाउनको लागि ४ जनाको टिम बनाएर सुरक्षित रुपमा पकाउने व्यवस्था मिलाएको उनले बताए ।

क्वारेन्टाईनमा विहान ८ बजे चिया, नास्ता (अण्डा, मकै, चना), दिउँसो ११ बजे दाल, मसिनो चामलको भात, तरकारी, मिक्स भेज र साझ ७ बजे खाना खुवाउने गरेको उनले जानकारी दिए । त्रिभुवन मा. वि. को प्रङ्गणमा नजिकै रहेको धनगढी अत्तरिया मुख्य सडक त्रिभुवन चोकमा भारतवाट आएका पहाडी जिल्ला जाने बसमा सवार रहेका नागरिकलाई बाटामो खानको लागि निशुल्क प्रति व्यक्ति एक बोतल पानी र चाउचाउ वितरण गरिरहेको नरेश थापाले जानकारी दिए ।

भारतवाट कर्जा मागेर आएको आउदा १२ हजार भाडा तिरेर आएको र वाटोमा धेरै दुःख पाएको क्वारेन्टाईनमा बसेका वडा नं ३ का बासिन्दा बबर धानुकले बताए । भारतमा रहदा मरिन्छकी बाचिन्छ भन्ने पिर थियो तर क्वारेन्टाईनमा आउदा सुरक्षित महसुस भएको उनले जनकारी दिए । जनप्रतिनिधि र समाजसेवीहरुले क्वारेन्टाईनमा जति राम्रो सुविधा बबनाउनु भाको छ, त्यहि अनुरुप सरकारले आफुहरुको कोरोना परिक्षणको व्यवस्था मिलाई दिन आग्रह गरे ।
