२० बैशाख २०८३, आईतवार
डोटेली भाषाको चलचित्र नन्दीको  ‘साईबउ’गीत बजारमा (भिडियो सहित)
बिहीबार, जेष्ठ २२ २१:१५

डोटेली भाषाको चलचित्र नन्दीको ‘साईबउ’गीत बजारमा (भिडियो सहित)

डोटेली भाषाको चलचित्र ‘नन्दी’ मा समावेश गरिएको डेउडा गीत ‘साईबउ’ बजारमा आएको छ। सिएस फिल्मस् प्रालिको व्यानरमा बनेको डोटेली भाषाको चलचित्र नन्दीमा रहेको गीतमा अविनाश थापाको शब्द तथा भीम बिसीको संगीत रहेको छ ।

साइबउमा दोस्रो नेपाल आइडल रबी वड र गायीका सरु गौतमले स्वर दिएका छन्। गीतको निर्देशन जनक कुँवर र राज पाठकले छायाकँन साहिल चौधरीले गरेका हुन्।

नन्दी चलचित्रका निर्माता तथा सुदूर पश्चिमका चर्चित नायक विनोद बोहरा ‘बोग्टानी किङ’, नायिका एसिला चाड मुख्य भूमिकामा छन् । गीत दिपायलको एतिहासिक तथा पुरातात्विक स्थलका रुपमा रहेको दिल्पेश्वर मठमा छायाङ्कन गरिएको छ । म्युजिक भिडियोलाई बुढासुब्बा डिजिटल म्युजिक प्रणालीले बजारमा ल्याएको छ ।

Sharing is caring!

Latest News

डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु
बिहीबार, जेष्ठ २२ २१:१५
चलचित्र विकास बोर्ड अध्यक्षमा दयाराम दाहाल
बिहीबार, जेष्ठ २२ २१:१५