२० बैशाख २०८३, आईतवार
डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु
आईतवार, जेष्ठ १८ १४:२५

डडेलधुराको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको मृत्यु

डडलेधुरा : डडेलधुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक रहेका छन् । शनिबार राति १२ बजे जिल्ला सदरमुकाम नजिकै रहेको डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालक मृत्यु भएको डडेलधुराका प्रहरीले जानकारी दिएको छ ।

आमाबुबासँगै शनिबार गौरीफण्टा नाका भएर आएका सबैलाई आइतबार गाउँ लैजाने गरी डडेलधुरा सदरमुकाममा रहेको डडेलधुरा बहुमुखी क्याम्पस क्वारेन्टिनमा राखिएको थियो ।

राति बालक अचानक बिरामी भएपछि अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । क्वारेन्टिनमा मृत्यु भएका बालकको आजै स्वाबको नमुना लिएर पीसीआर परीक्षणका लागि कैलाली प्रयोगशालामा पठाउने डडेलधुरा अस्पतालले जनाएको छ ।

Sharing is caring!

Latest News

बाजुराको आइसोलेसनमा २ वर्षीय बालिकाको मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी
आईतवार, जेष्ठ १८ १४:२५
डोटेली भाषाको चलचित्र नन्दीको ‘साईबउ’गीत बजारमा (भिडियो सहित)
आईतवार, जेष्ठ १८ १४:२५