१८ बैशाख २०८३, शुक्रबार
नेपाल भारतका सुरक्षा प्रमुख बिच छलफल, सिमामा सहजताका लागि दुवै देशका अधिकारीहरु सहमत
शनिबार, असार ६ २०:४१

नेपाल भारतका सुरक्षा प्रमुख बिच छलफल, सिमामा सहजताका लागि दुवै देशका अधिकारीहरु सहमत

धनगढी , कैलालीको धनगढी संग सिमाना गौरीफन्टामा दुई देशका प्रतिनिधीहरुले नाकाको अनुगमन गरेका छन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र कैलालीका प्रमुख जिल्ला अधिकारीको संयुक्ता टोलीले भारतको लखिमपुर खिरी जिल्लाका शैलेन्द्र कुमार सिंह, भारतीय प्रहरी, सिमा सुरक्षाबल र दुधवा नेशनल पार्कका प्रमुख संग सिमाको अबस्थाका बारेमा जानकारी लिएका हुन् । उक्त टोलीले त्रिनगरभन्सार नाकाबाट भित्रिरहेका नेपालीहरुको उद्धार र उनिहरुका समस्या बुझ्नका लागि टोली सिमामा पुगेको हो ।

यसैक्रममा टोलीले भारतको लखिमपुर खिरी जिल्लाका डिएम, जिल्लाका डि।एम। शैलेन्द्र कुमार सिंह, भारतीय प्रहरी, सिमा सुरक्षाबल र दुधवा नेशनल पार्कका प्रमुख संग सिमामा भेटेर दुई देशका नागरिकहरु ओहोर दोहरमा दुबै देशका अधिकारी बिच भैरहेको समन्वयका बारेमा छलफल भएको उपमहानरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

धनगढी उप–महानगरपालिकाका प्रमुख वडले नेपालीहरु भित्रिने क्रम नरोकिएकाले भारतीय अधिकारी संग सिमामै अनौपचारीक भेटघाट गरिएको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भारतीय अधिकारीहरु संग अनौपचारीक भेटभाट गरेको बताए । उनले भने, अहिले भारतबाट नेपाल भित्रिनेहरुको सिमाका भिडभाड भएकाले यसलाई दुई देशले समन्वय गरेर कसरी सजिलो पार्न सकिन्छ भन्नेमा छलफल भयो ।

Sharing is caring!

Latest News

3 दिन भित्रै धनगढी उप–महानगरको आईसोलेशन संचालनमा आउने
शनिबार, असार ६ २०:४१
नेपालफोटो पत्रकार महासंघ कैलालीद्धारा रक्तदान
शनिबार, असार ६ २०:४१