नेपालफोटो पत्रकार महासंघ कैलालीद्धारा रक्तदान
असार ०६, धनगढी ।
नेपालफोटो पत्रकार महासंघ कैलाली शाखाको आयोजना र धनगढी डाईग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा.ली धनगढीको सहयोगमा शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
नेपालफोटो पत्रकार महासंघका अध्यक्ष पाण्डव पुजाराले विश्वव्यापीमहामारीका रुपमा फैलिएको कोरोनाभाईरस (कोभिड १९) ले देशमा लकडाउन चलिरहेका बेला रगत अभाव हुनन दिन रक्तदान कार्यक्रम गरेको बताए ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बीकुमारी थापाले यस कोरोनाभाईरसको महामारी चलिरहेका बेला जोखिम मोलेर रक्तदान कार्यक्रम गर्नु सह्रायिन काम भएको र यस कार्यक्रमबाट अन्य संघ संस्थाहरुले यस आवश्यक भएको बताए ।
नेपालफोटो पत्रकार महासंघ कैलालीका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक गगन अयडीले यो समयमा रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका कोषाध्यक्ष हिमालजोशी, मिलनकाअध्यक्ष मिनबहादुर धामीलगायत पत्रकारहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका सचिव दिनेश बिष्टले गरेकाथिए ।
