३० असार २०८३, मंगलवार
नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेम पुनलाई दर्ज्यानी चिन्ह
शुक्रबार, असार १९ २२:४६

नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेम पुनलाई दर्ज्यानी चिन्ह

नेपाली सेनाका दुई उच्च अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा उपरथी दर्जामा पदोन्नती भएका प्रेम शाही र सहायक रथी दर्जामा पदोन्नती भएका प्रेम बहादुर पुनलाई प्रधानसेनापति थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नती भएका उपरथी प्रेम शाहीलाई श्री युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायक रथी प्रेम बहादुर पुनलाई श्री प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिती रहेको थियो ।

उनीहरुको नेपाल सरकार, मन्त्रिपरिषद्को यही १५ असारको निर्णयबमोजिम बढुवा गरिएको सेनाले जनाएको छ ।

Sharing is caring!

जन्मदिनको अवसरमा समाजसेवी जोशीद्वारा विपन्न मजदुर परिवारलाई खाद्यान्न सहयोग
शुक्रबार, असार १९ २२:४६
हत्यारा खोज्न कुकुर परिचालन : पुनर्वास हत्या काण्ड
शुक्रबार, असार १९ २२:४६