३० असार २०८३, मंगलवार
हत्यारा खोज्न कुकुर परिचालन  : पुनर्वास हत्या काण्ड
आईतवार, असार २१ ०९:०५

हत्यारा खोज्न कुकुर परिचालन : पुनर्वास हत्या काण्ड

केशब भट्ट, कंचनपुर, २१ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा आफ्नै छिमेकीले धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि फरार आरोपितको खोजीका लागि नेपाल प्रहरीले कुकुर परिचालन गरेको छ । शनिबार राती घटनाको जानकारी भएपछि हत्यारा भाग्न सक्ने नाकाहरुमा कडाई गरि आइतबार विहान कुकूर समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार आइतबार विहान आरोपितको खोजिकार्यमा थप सहयोगका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो । हत्याराको खोजी तिव्र पारिएको प्रवत्ता प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासैनि घटनास्थलमा जानुभएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताउनुभयो । शनिबार राती १० बजे तिर करीब ४८ वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने करीब ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको थियो ।

Sharing is caring!

नेपाली सेनाका उपरथी प्रेम शाही र सहायक रथी प्रेम पुनलाई दर्ज्यानी चिन्ह
आईतवार, असार २१ ०९:०५
डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिनको उद्घाटन
आईतवार, असार २१ ०९:०५