शनिबार, श्रावण ३ १४:०९
‘ग्याङ’ फाइटमा संग्लग्न धनगढी दुई जना प्रहरीद्वारा पक्राउ
गएराती धनगढीको ग्याङ फाइटमा संग्लग्न दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–१३ राजपुरमा भएको ‘ग्याङ’ फाइटमा संलग्न भई खुकुरी प्रहार गर्ने दुबै जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा धनगढी–३ का २२ बर्षे सन्नी नेपाली र वडा नम्बर–२ का दिपेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले राजपुरकै स्थानीय निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका थिए। प्रहरीका अनुसार पक्राउ परेका नेपालीको साथबाट खुकुरी र भण्डारीको साथबाट तरवार बरामद गरिएको छ । घटनामा संलग्न अन्य व्यक्ति पनि हुन सक्ने आशंका गरिएको भन्दै उनिहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
