१३ बैशाख २०८१, बिहीबार
बडिमालिका दर्शन पछी जनै पूर्णिमा नाट्यस्वरीमा दर्शनार्थीहरुको घुइचो (फोटो फिचर)
सोमबार, श्रावण १९ ०९:२६

बडिमालिका दर्शन पछी जनै पूर्णिमा नाट्यस्वरीमा दर्शनार्थीहरुको घुइचो (फोटो फिचर)

विवेक कुमार नागरी,सुदूरपश्चिम नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुले भरिपूर्ण क्षेत्र हो । यिनै बिविधताको सुन्दरताले नेपालको मानचित्रमा छुटै पहिचान स्थापित गर्न सफल भएको छ, सुदूरपश्चिम । सुदूरपश्चिम प्राकृतिक सम्पदाको खानी नै हो । अपि सैपाल, खप्तडको प्राकृतिक सुन्दरताले जो कोहिलाई रोमाञ्चित पार्दछ । त्यसैगरी यहाँको रितिरिवाज, कला संस्कृतिले अनेकतामा एकता सृजना गर्दछन् । अमरगढी किल्ला, बिभिन्न दरबार र ऐतिहासिक धरोहरहरुले यहाँको ऐतिहासिक महत्व झल्काउँछन् । बडिमालिका, मालिकार्जुन, शैलेश्वरी, सूर्मासरोवर (आधि कैलाश) ले यहाँको धार्मिक महत्वलाई बोकेका छन् ।

कैलाश, िहमाल


नेपालका यिनै विविध पर्यटकिय महत्व बोकेको क्षेत्र बडिमालिका पनि हो । भूगोलका दृष्टिकोणबाट सुदूरपश्चिम क्षेत्र अन्तर्गत पर्ने बडिमालिका क्षेत्र बाजुरा जिल्लामा अवस्थित छ । यो क्षेत्र धार्मिक र प्राकृतिक महत्व बोकेको क्षेत्र हो । प्रत्येक बर्ष जनै पूर्णिमाको बेलामा यहाँ नेपालका बिभिन्न स्थान र भारतदेखी तिर्थ पर्यटकहरु आउने गर्दछन् । अरु बेलामा फाटफुट पर्यटकहरु गएपनि चहल पहल भने अत्यन्तै न्यून छ । मंषिर देखि बैशाख सम्म यो क्षेत्र हिउँले ढाकीने हुँदा जेठ देखि कार्तिक सम्म यहाँ जाने उर्पयुक्त समय हो ।

४२०० मिटरको उचाँई सम्म पुग्दा हाई अल्टिच्युड सिकनेशबाट बच्नु पर्ने र प्राकृति रुपमा फूलेका बिषको बोटहरुबाट पनि जोगिनु पर्दछ ।
आज हामी तपाईहरुलाई त्यहि धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्र बडिमालिकातर्फ लैजादै छौ ।

धनगढी हुदै बाजुराको जडागां पुगेपछि पदयात्रा शुरु गर्नुपर्ने हुन्छ । जडांगाबाट ४ दिन लगाएर बडिमालिका पुग्न सकिन्छ । बाटोमा टि हाउसको ब्यवस्था नभएकाले आफनो खाने बस्ने ब्यवस्था आफै गरेर जानुपर्ने हुन्छ । जनै पूर्णिमाको बेलामा भने अस्थायी होटेलहरुमा पुरी, खिर जस्ता खानेकुरा खान पाईन्छ ।


जनै पूर्णिमामा जाने यात्रुहरुको मुख्य आर्कषण भनेको त्रिबेनीमा नुहाएर स्थानिय बिस्वास अनुसार पबित्र हुनु र बडिमालिका मन्दिरमा ईच्छाएको बर माग्नु हो । त्यसका साथै कतिपय मानिसहरु भने त्रिबेनीमा आफनो पृतिको अस्तु सेलाउन पनि पुगेका हुन्छन । क्रियाक्रम गर्दा पृति आत्माले मुक्ति पाएर स्वर्ग जान पाउँछन भन्ने बिश्वास छ । साथै बडिमालिका देबिले पनि ईच्छाएको बर दिने गाढा बिश्वास पाईन्छ ।

भक्तजनहरू


जनै पूर्णिमाको समय बाहेक अन्य समयमा पनि यहाँ जान सकिन्छ । धार्मिक आस्था बोकेका तिर्थालु बाहेक पनि यो क्षेत्र अन्य पर्यटककालागि पनि असाध्यै आर्कषक क्षेत्र बन्ने प्रबल सम्भावना छ । यहाँको बन्यजन्तु, जडिबुटि, त्रिबेनी र बडिमालिका मन्दिरबाट देखिने सुन्दर दृष्य र त्यहाँको भौगोलिक अवस्थाले जो कसैलाई पनि मन्त्र मुग्ध बनाउँछ । त्रिबेनीमा मात्र त्यहाँको दृष्याबलोकनकालागि २ दिन बिताउन सकिन्छ ।

त्रिबेनी धाम


प्रशस्तै सम्भावना बोकेको भएपनि बडिमालिका क्षेत्र लगायत सुदूरपश्चिमका अन्य पर्यटकिय स्थलहरु पनि खासै चहल पहल देखिदैन । सरोकारवालाहरुले बारम्बार आवाज उठाईरहदा पनि राज्यले ति क्षेत्रमा पर्यटन मैत्रि वातावरण सृजना गर्न सकेको पाईदैन ।

प्राकृतिक सम्पदाको खानी संग रमाँउदै

अहिले बिस्तारै बिस्तारै स्थानिय सरोकारवालाहरु र निजी क्षेत्रको पहलमा धेर थोर प्रयासहरु भएको पाईन्छ । बिस्तारै बिस्तारै सुदूरपश्चिमको पर्यटनमा राज्य तथा सरोकारवालाहरुको ध्यान केन्द्रित हुन थालेको छ ।

Sharing is caring!

कैलालीमा बाढीमा परि २जनाको ज्यान गयो।
सोमबार, श्रावण १९ ०९:२६
सुदूरपश्चिमका दुई नाकाबाट मात्रै भारतबाट नेपाल आउन पाइने
सोमबार, श्रावण १९ ०९:२६
shares