१३ कार्तिक २०७७, बिहीबार
नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको प्रदेश अध्यक्षमा -परियार
शुक्रबार, भाद्र ५ १९:०८

नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको प्रदेश अध्यक्षमा -परियार

नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठनको सुदूर पश्चिम प्रदेशको अध्यक्षमा युवा पत्रकार निराजन परियार चयन हुनुभएको छ ।

पछिल्लो समयमा नेपालका ७७ वटा जिल्लामा आफ्नो शाखा तथा कमिटी बिस्तार गरिसकेको यस संगठनले बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

नेपाल स्वयंसेवक संघको केन्द्रिय समितिले परियारलाई सुदुर पश्चिम प्रदेशको प्रचारप्रसार संगठन अध्यक्षमा चयन गरेको हो । पछिल्लो समयमा परियार पत्रकारिता पेशा संगै नागरिक समाज संस्था संग पनि आबद्ध रहनु भएको छ ।

एफएमडिसी,बिकास र सामाजिक परिबर्तनका लागि संचारको सुचना अधिकारी तथा अभियान अधिकारीको रुपमा पनि काम गर्दै आउनु भएको छ भने नेपाल फोटो पत्रकार महासंघको सुदूरपश्चिम  प्रदेशको सदस्य समेत रहनुभएको छ ।
त्यस्तै नेपाल स्वयंसेवक संघ प्रदेश अध्यक्षमा नबिन थापा र प्रदेश महासचिवमा नरेन्द्र सिंह बोहरा चयन भएका छन् ।

Sharing is caring!

Latest News

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:११
गायिका सुनिता दुलालको ‘जुममा हेरेर’ बोलको तीजको गीत सार्वजनिक(भिडियो सहित )
शुक्रबार, भाद्र ५ १९:०८
राम सिलाल म्युजिकको प्रस्तुति र सन्देश कुमार ए .जेकोअछामकी “मायालु छुट्टी”सार्वजनिक( भिडियो सहित )
शुक्रबार, भाद्र ५ १९:०८
shares