१८ बैशाख २०८३, शुक्रबार
नेपाली रेल, विहारको हाजिपुर आइपुुग्यो भदौभित्रै जनकपुर आइपुुग्ने
मंगलवार, भाद्र ९ ०९:४१

नेपाली रेल, विहारको हाजिपुर आइपुुग्यो भदौभित्रै जनकपुर आइपुुग्ने

काठमाडौं–जयनगर–भारत–जनकपुर सम्मको ३५ किलोमिटर लामो रेलमार्गमा नेपालको आफ्नै रेल छिट्टै सञ्चालनमा आउने भएको छ। चेन्नइ (भारत) स्थित कोंकोण रेलको कारखानामा निर्माण गरिएको रेल चेन्नईबाट जयनगरका लागि प्रस्थान गरिसकेको जानकारी रेल विभागका अधिकारीहरुले दिएका छन्।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार, नेपालले खरिद गरेका दुुई रेलमध्ये एउटा विहारको हाजिपुरसम्म आइपुगेको छ। ‘हाजिपुर विहारको राजधानी पटना नजिकैको स्थानमा ल्याएर नेपाली रेल पार्किङ गरिएको छ’ महानिर्देशक मिश्रले भने, ‘केही दिनभित्रै हाम्रो रेल जयनगर आइपुग्नेछ।’साभार सुत्र न्युज डटकम

महानिर्देशक मिश्रले हाजिपुरमा पार्किङ गरेर राखिएको सो रेलको भिडियो क्लिप पनि सोमबार विहान आफ्नो फेसबुक फेजमा राखेका छन्। भिडियोमा एक जना व्यक्ति रेलमा चढ्दै गरेको र ती व्यक्ति चढेपछि दुुई जना ड्राइभरले रेललाई अघि बढाएको देखिन्छ।

रेलको बाहिरी भाग निलो र रातो रंगको छ। चन्द्र–सूूर्य अंकित नेपालको राष्ट्रिय झण्डाको पृष्ठभूमिमा रातो र नीलो रंग भएकाले नेपालले भारतसँग खरिद गरेको रेलमा पनि राष्ट्रिय झण्डाकै रंग प्रयोग गरिएको हो।

‘केही दिनमा रेल जयनगर आइपुग्नेछ, त्यसपछि भदौभित्रमा रेल नेपालको सीमानामा आइसकेको हुनेछ’ मिश्रले थपे, ‘कोभिड–१९ को महामारीका कारणले मात्र रेल ल्याउन ढिलाई भएको हो, रेल ल्याएपछि परिस्थिति अनुकूल रह्यो भने जतिसक्दो छिटो सञ्चालनमा ल्याउनेछौँ।

भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्रालयअन्तर्गतको रेल विभागले खरिद गरेको दुई वटा रेलमा रेल ५–५ वटा डिब्बाका छन्। यी रेलहरु नेपालले ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरेको हो।

जनकपुर–जयनगर रेलमार्ग राणाकालमै निर्माण भई रेल चल्न थालेको थियो। न्यारो गेजको सो रेलमार्गलाई पछिल्लो समय स्तरोन्नति गरी ब्रोड गेज बनाइएको छ। र, जयनगरबाट जनकपुरसम्म आइपुग्ने रेललाई महोत्तरीको बर्दिबाससम्म ल्याउने योजना नेपाल सरकारले बनाएको छ।

Sharing is caring!

Latest News

धनगढीका व्यापारीसहित परिवारका ५ जनामा कोरोना पुष्टि
मंगलवार, भाद्र ९ ०९:४१
कोरोना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु
मंगलवार, भाद्र ९ ०९:४१