१३ बैशाख २०८१, बिहीबार
कोरोना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु
मंगलवार, भाद्र ९ १३:२६

कोरोना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एकजना पुरुषको मृृत्यु भएको छ । काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर २१ का कांग्रेस नेता गोविन्द रञ्जितको गएराति मृत्यु भएको हो ।

उनी २१ वडाको नेपाली कांग्रेसका सभापति हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट बडाध्यक्षका प्रत्यासी समेत थिए । उनी आइतवार मात्रै अस्पताल भर्ना भएका थिए ।

१३ दिन अघिदेखि नै उनलाई ज्वरोखोकीको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Sharing is caring!

नेपाली रेल, विहारको हाजिपुर आइपुुग्यो भदौभित्रै जनकपुर आइपुुग्ने
मंगलवार, भाद्र ९ १३:२६
सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि
मंगलवार, भाद्र ९ १३:२६
shares