१३ बैशाख २०८१, बिहीबार
सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि
बिहीबार, भाद्र ११ १७:३८

सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि

सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ। 

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ४८ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बैतडीको दशरथचन्द नगरपालिकाका ८ जना, शिवनाथका पाँच, मेलौलीका तीन र डिलासैनीका एक जनामा संक्रमण पुष्टि भएको छ। डोटीको जोरायलका एक र बझाङको जयपृथ्वी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले बताए। 

यता सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गोदावरीका नौँ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो। धनगढीमा पाँच बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। 

उता डोडी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोना परीक्षण भएकोमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै डोटीका हुन्। जिल्लाको शिखर नगरपालिका वडा नम्वर चारका चार जना र वडा नम्वर ३ का एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६ सय ९४ पुगेको छ। संक्रमण पुष्टि भएका चार हजार सात सय बढिले कोरोना जितेको दावी गरिएको छ भने १४ जनाको मृत्यु भईसकेको छ।

Sharing is caring!

कोरोना संक्रमणबाट कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु
बिहीबार, भाद्र ११ १७:३८
नारी चेतनामुलक सन्देश गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक (भिडियो सहित)
बिहीबार, भाद्र ११ १७:३८
shares