१४ बैशाख २०८१, शुक्रबार
धनगढी उप–महानगरपालिकाद्धारा एकिकृत फोहर ब्यबस्थापन कार्यक्रममा लागि सम्झौता
सोमबार, भाद्र २२ १८:१३

धनगढी उप–महानगरपालिकाद्धारा एकिकृत फोहर ब्यबस्थापन कार्यक्रममा लागि सम्झौता


धनगढी,२२ भदौ,धनगढी उप–महानगरपालिका र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (जिआईजेड ) विच एकिकृत तथा दिगो फोहर ब्यबस्थापन कार्यक्रम संचालनका लागि सोमबार सम्झौता भएको छ ।
धनगढी उप–महानगरपालिकाका तर्फबाट प्रमुख नृपबहादुर वड र जिआईजेडका तर्फबाट तिर्थ सिन्हाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । काठमाण्डौमा भएको सम्झौतामा जर्मन दुतावासमा विकास सहयोग प्रमुख डाक्टर स्टेफान रुसेक, जिआईजेड नेपालका राष्ट्रिय निर्देशक डाक्टर एल्क फोस्टर, बिभिन्न परियोजनाका प्रमुख प्राविधीक सल्लाहकारहरु , कर्मचारीहरुको उपस्थीति रहेको थियो ।
सम्झौता भदौ २२ गते देखि प्रभावकारी हुने नगरप्रमुख नृपबहादुर वडले बताए । यो कार्यक्रम अन्तरगत फोहरलाई श्रोतमै पृथकीकरण गरिने छ नगरप्रमुख वडले भने, स्वास्थ्य सेवा प्रदानगर्ने संस्थाबाट उत्पादन हुने संक्रामक फोहरलाई ब्यबस्थापन तथा पुनः चक्रिकरण गरि नगरपालिकाको फोहर ब्यबस्थापन प्रणालीमा एकिकृत गरिने छ । उप–महानगरपालिकाले एकिकृत फोहर ब्यबस्थापनका लागि नीति तथा रणनिति तयार गर्ने, फोहर श्रोतमै उचित पृथकीकरण गर्ने, संक्रामक फोहर उपचार प्रणालीको स्थापना गर्ने, ब्यावहारीक तथा दिगो विकास मोडेलको विकासमा सहयोग गर्ने छ भने जिआईजेडले प्राविधिक सहयोग तथा क्षमता विकासका क्षेत्रमा आवश्यक सहयोग गर्ने नगरप्रमुख वडले बताए ।

Sharing is caring!

डोटेली भाषाको चलचित्र धन्य मायाजालको धनगढी पश्चिम नेपाल गित सार्बजनिक (भिडियो सहित )
सोमबार, भाद्र २२ १८:१३
असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी
सोमबार, भाद्र २२ १८:१३
shares