१३ बैशाख २०८१, बिहीबार
धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीले पाए करमा छुट
मंगलवार, भाद्र ३० १९:१२

धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीले पाए करमा छुट


धनगढी, ३० भदौ
धनगढी उप–महानगरपालिकाले लकडाउनको समयमा घर भाडा छुट गर्ने घरधनीलाई घरबहाल करमा छुट दिने निर्णय गरेको छ ।
मनकारी घरधनीलाई राहत पुगोस भनेर उप–महानगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । सरकारले २०७६ चैत ११ गते देखि जेठ मसान्त सम्म कोरोना भाईरस कोभिड– १९ को संक्रमण फैलिन नदिन लकडाउन गरेको थियो । लकडाउनको समयमा घरभाडामा बसेकाहरु कतिपयले भाडा छुट गरेका थिए । धनगढी उप–महानगरपालिकाले पनि आफ्नो कम्प्लेक्स भाडामा लिएकाहरु संग ५० प्रतिशत भाडा छुट गरेको पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले सबैलाई एउटै मापदण्ड हुने गरि लकडाउनमा घरभाडा छुट दिने घरधनीलाई दुई महिनाको घरबहाल करमा छुट दिने बताए । यसका लागि घर भाडामा छुट दिएको प्रमाण हुनुपर्ने छ राजश्व शाखा प्रमुख ओझाले भने, यसलाई उप–महानगरपालिकाले क्रसचेक गर्ने छ । झुटो ठहरीएमा कार्वाही गरिने छ ।

Sharing is caring!

कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज
मंगलवार, भाद्र ३० १९:१२
स्मार्ट टेलिकमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काउन्टर
मंगलवार, भाद्र ३० १९:१२
shares