१४ बैशाख २०८१, शुक्रबार
कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज
मंगलवार, भाद्र ३० १९:०६

कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १४५९ संक्रमित थपिए, १०६२ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ३ सय ७५ पीसीआर परीक्षण गर्दा ४ सय ४६ महिला र १ हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । काठमाडौं उपत्यकामा थप ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५ सय ५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा बढी संक्रमित थपिएकामा मोरङ ३२, सुनसरी ४६, सिरहा ३४, चितवन ३१, कास्की ५४, दाङ ४५, बाँके २४, रुपन्दैही ८१, सुर्खेत ३९, कैलालीमा ७० जना संक्रमित थपिएका छन् । अहिले देशभरका आइसोलेशनमा १५ हजार ७ सय ७९ जना रहेका छन् । तिमध्ये ७ हजार ६ सय ४० होम आइसोलेसन र ८ हजार १ सय ३९ संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ६२ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ । देशभरि क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ८ लाख ६१ हजार ७ सय ८० वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा थप ११ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौं, बारा, सिरहा र रुपन्देहीमा एक एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं तीन, बारा, सर्लाही, मकवानपुर र कपिलवस्तुमा एक एक जना पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ सय ७४ जनाको आईसीयुमा र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।https://avenueskhabar.com.np/

Sharing is caring!

असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी
मंगलवार, भाद्र ३० १९:०६
धनगढीमा लकडाउनमा भाडा छुट गर्ने घरधनीले पाए करमा छुट
मंगलवार, भाद्र ३० १९:०६
shares