१३ बैशाख २०८१, बिहीबार
पत्रकार निर्मला मृत भेटिनु रहस्यमय
शनिबार, आश्विन ३ २०:०८

पत्रकार निर्मला मृत भेटिनु रहस्यमय

कैलाली,केही बर्षअघी कैलालीकी पत्रकार निर्मला पहराई संग प्रेम सम्बन्ध रहेको जानकारी आएपछि उनका प्रेमी ललित जाग्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्मलाले ललितको अर्कै प्रेमिका रहेको थाहा पाएपछि यो घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । निर्मला घरबाट ललितकोमा जान्छु भनेर हिडेको पाइएपछि ललितलाई प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।

ललितकी अर्की पनि प्रेमिका रहेको तथा निर्मला र ती प्रेमीकाबीच ललित कसको ब्वाइफ्रेण्ड भन्ने विषयमा विवाद भएको समेत आफन्तले बताएका छन् । निर्मलाका दाई बिशाल पहराइका अनुसार बहिनि ललितकोमा जान्छु भनेर हिँडेको साँझ उनले आफ्नै एक साथीलाई ललितको अर्कै पे्रमीका रहेछ, उनिहरुसंग मेरो झगडा भयो भनेर समेत भनेकी थिइन् ।

निर्मलाका परिवारका अनुसार ललितले शुरुमा निर्मला दलित हो भन्ने थाहा नपाएकै कारण उनिसंग प्रेम गरेका थिए । निर्मलाका दाई बिसालका अनुसार ललित र निर्मला संगै बस्ने हिँड्ने गरेकापनि थिए । ललित जाग्रीले केही समय सोही एफ एममा काम गरेका थिए । निर्मलाका दाई बिसालले भने ‘निर्मला पहराई ६ महिनाअघी धनगढीमा गठन भएको दलित पत्रकार संघको सुदूरपश्चिम प्रदेशको सह सचिव बनेकी थिइन् । त्यही बेला ललितले निर्मलालाई छोड्न खोजेको थियो ।’
उनका अनुसार ललितले निर्मला दलित भएको थाहा पाएपछि अर्की युवतीसंग प्रेम सम्बन्ध शुरु गरेको थियो । बुधबार ललितलाई भेटन गएकि निर्मलाले अर्को युवतीसंगको सम्बन्ध थाहा पाएपछि झगडा शुरु भएको हुनसक्ने परिवारको आंकलन छ ।

पहराईको हत्या गरिएको उनका परिवारहरूले आरोप लगाएका छन् । उनको हत्या गरि झुन्ड्याइएको उनका दाजु विशाल पहराईले दाबी गरे । शव हेर्दा पनि थाहा हुन्छ त्यो आत्महत्या होइन हत्या हो उनले भने बैनीको हत्या गर्नेलाई कडा कारबाही हुनुपर्छ ।

सञ्चारकर्मी पहराईको शव अहिले पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । तर, घटनाको छानबिन नभएसम्म पोस्टमार्टम गर्न नदिने उनले बताए ।

कैलालीका बिभिन्न नागरिक समाजद्वारा सञ्चारकर्मी पहराईको घटनाबारे छानबिनको माग गरेका छन् । दलित सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण नेपाल, मिसन अम्बेडकर र राष्ट्रिय दलित नेटवर्कले शनिवार साझा विज्ञप्ति जारी गर्दै घटनाका संलग्नहरूलाई कारबाहीको समेत माग गरिएको छ ।

निर्मलाको अभिभावकहरुलाई उद्धृढ गर्दै निर्मलाको हत्या गरिएको बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ । दोषी माथि कारबाही भएन आन्दोलन गर्ने समेत विज्ञप्तिमा भनिएको छ ।

ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहराले अनुशन्धान भइरहेको जानकारी दिए । हामिले गर्नुपर्ने सबै गरिरहेका छौ उनले भने ‘अहिलेसम्म उजुरी आएको छैन हामिले मान्छेलाइ पक्राउ गरेर ल्याएर सोधपुछ गरिरहेका छौ ।’

Sharing is caring!

स्मार्ट टेलिकमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काउन्टर
शनिबार, आश्विन ३ २०:०८
संस्कृती एक जुट हुनुपर्ने : उपमेयर मिश्र भट्ट
शनिबार, आश्विन ३ २०:०८
shares