७ बैशाख २०८१, शुक्रबार
सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले कानून विषय  शुरु गर्‍यो
शुक्रबार, आश्विन २३ २०:३२

सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले कानून विषय शुरु गर्‍यो

धनगढी–सुदूरपश्चिमको अग्रणी शैक्षिक संस्था सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले यसै शैक्षिकसत्र देखि कक्षा ११ मा कानून विषयको समेत पठनपाठन शुरु गरेको छ । एसइइमा न्यूनतम् १ दशमलव ६ जिपिए ल्याएर उत्तीर्ण भएका जोसुकै विद्यार्थीले सो विषयमा भर्ना लिन पाउने एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले बताउनुभयो । 
मुलुक संघीय व्यवस्थामा गएपछि वडा तहदेखि संघीय सरकारसम्म कानून विषय पढेका जनशक्तिको आवश्यकता ठूलो संख्यामा पर्ने भएकाले सो को परिपूर्तिका लागि एसपिएले कानून विषयको पठनपाठन शुरु गरेको जनाएको छ । 
समाजको जुनसुकै क्षेत्रमा पनि कानून विषय पढेका जनशक्तिको उच्च सम्मान र माग रहेको हुँदा यसमा विद्यार्थीले सुन्दर भविष्य निर्माण गर्न सक्ने क्याम्पस प्रमुख कटक जप्रेलले बताउनुभयो । योग्य र सक्षम जनशक्ति उत्पादनका लागि एसपिएले विगतदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको सन्दर्भ उल्लेख गर्दै उहाँले कानूनको पठनपाठनमा पनि उच्च अनुशासन र उत्कृष्ट नतिजालाई केन्द्रमा राखेर पठनपाठन गरिने बताउनु भयो । 
कानून विषय रोजेर भर्ना भएका विद्यार्थीहरुले कक्षा १२ उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्ने अवसरका साथै सरकारी तथा गैरसरकारी निकायमा आकर्षक, गरिमामय र उच्च सम्मानको पद प्राप्त गर्नसक्ने संयोजक मनोज पन्तले बताउनु भयो । अदालत तथा अर्धन्यायिक निकायमा काम गर्न, आफ्नै ल फर्म खोलेर व्यवसाय शुरु गर्न, विभिन्न संघसंस्थामा आबद्ध भएर सेवा गर्न तथा प्राज्ञिक क्षेत्रमा काम गर्न कानून विषयले सहयोग गर्ने क्याम्पसले जनाएको छ ।

Sharing is caring!

हालसम्म १ लाख ६७६ जना संक्रमित आज मात्र देशभर २०५९ जनामा संक्रमण पुष्टि
शुक्रबार, आश्विन २३ २०:३२
बुडर जोरायल हुँदै गड्सेरा जोड्ने कालोपत्रे सडक शिलान्यास
शुक्रबार, आश्विन २३ २०:३२
shares