१४ बैशाख २०८१, शुक्रबार
बुडर जोरायल हुँदै गड्सेरा जोड्ने कालोपत्रे सडक शिलान्यास
सोमबार, आश्विन २६ ०९:४९

बुडर जोरायल हुँदै गड्सेरा जोड्ने कालोपत्रे सडक शिलान्यास

डोटी –डोटीको बुडर जोरायल हुँदै गड्सेरा जोड्ने कालोपत्रे सडकको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको कुल रु ७० करोड लगानीमा बुडरदेखि जोरायलको चनकट्टेसम्म १७.३० किमी सडक कालोपत्रेको सुदूरपश्चिमका मूख्यमन्त्री त्रिलोलच भट्टले गरेका हुन् ।

कालोपत्रे सडकको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले बुडर, जोरायल, गड्सेरा हुँदै दिपायल जोड्ने यो सडक निर्माण सम्पन्न भएपछि कृषिदेखि अन्य विकासका कामले गति लिने बताए । यसले गर्दा त्यहाँका नागरिकहरुको घरैमा कमाउने आधार बन्ने उनको भनाई छ ।

उनले प्रदेशका विकास निर्माणका ठूला कामहरु तोकिएकै समयमै सम्पन्न गर्न निर्देशन दिएको र समयमै काम नसक्नेलाई कारवाही गरिने समेत बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठानसिंह बोहराले पछिल्लो समय सुदूरपश्चिमका गाउँगाउँमा विकास निर्माणले गति लिन थालेको बताए । उक्त सडकको काम आजदेखि सुुरु नै सुरु गरिएको छ ।

Sharing is caring!

सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले कानून विषय शुरु गर्‍यो
सोमबार, आश्विन २६ ०९:४९
सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) कोअध्यक्षमा पुष्कर ओझा चयन
सोमबार, आश्विन २६ ०९:४९
shares