६ बैशाख २०८१, बिहीबार
पत्रकार पहराईले न्याय नपाएको भन्दै सुखडमा निरन्तर प्रर्दशन  गर्ने
शुक्रबार, आश्विन ३० २०:१९

पत्रकार पहराईले न्याय नपाएको भन्दै सुखडमा निरन्तर प्रर्दशन गर्ने

कैलाली,कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा रहेको रेडियो कैलालीमा कार्यरत पत्रकार निर्मला पहराईले न्याय नपाएको भन्दै परिवारले प्रदर्शन गरेको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले न्यायको लागि आन्दोलन गर्ने जनाएका थिए ।

पत्रकार सम्मेलन पत्यशात परिवारले पुर्व पश्चिम राजमार्ग केही समयका लागी बन्द गर्नुको साथै सुखडमा प्रदर्शन गरेका थिए । सुखड चोकमा प्रदर्शनकारीहरुले टायर बाल्ने क्रममा प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो । निर्मलालाई न्याय दे, गलत पोष्ट माटम रिपोर्ट चाहिदैन, हत्यारालाई कारबाही गर, प्रहरी अनुसन्धान जारी राख जस्ता नाराबाजी गरेका थिए । पहराइ मृत्यु प्रकरणका दोषीलाइ उन्मुक्ती दिने षड्यन्त्र भएको भन्दै संघर्ष गर्नु परेको परिवारले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग सहित कैलालीका सबै क्षेत्रमा अनिश्चितकालका लागि यातायात बन्द गर्ने, सुखडमा ¥याली सहित प्रदर्शन गर्ने, टायर बाल्ने तथा अनिश्चितकालिन चक्का जाम गर्ने कार्यक्रम तय भएको मिशन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडीले बताए।

हत्या आरोपमा पक्राउ परेका उनका प्रेमी भनिएका ललित जाग्रीलाई धरौटीमा छाडिएको, शव परीक्षण रिर्पोट समेत गलत भएको भन्दै आन्दोलन गर्न बाध्य भएको मृतकका दाजु विशाल पहराइले बताए ।भाद्र ३१ गते सम्पर्क बिहिन भएकी निर्मला पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका ५ फूलबारी सामुदायिक वनमा झुन्डिएको अवस्थामा उनको सव भेटिएको थियो ।

घटनामा संलग्न रहेको आशंकामा मृतकका परिवारको जाहेरीको आधारमा प्रहरीले स्थानीय ललित जाग्री र धना साउँदलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । तर बिहिबार पहराइको हत्या आरोपमा पक्राउ परेका स्थानिय ललित जाग्री एक लाख धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत कैलालीमा थुनछेक बहसपछि भएको हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमी भनिएकी धना साउँदलाई एकरएक लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आदेशपछि जाग्री एक लाख धरौटी बुझाएर रिहा भने जाग्रीकै प्रेमिका भनिएकी धना साउँद भने धरौटी बुझाउन नसकेर कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । प्रेम सम्बन्धकै कारण जाग्रीले उनको हत्या गरेको भन्दै परिवारले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।

Sharing is caring!

दिनेश फाउण्डेशन द्वारा बनदेबी मन्दिर परिसरमा सरसफाई
शुक्रबार, आश्विन ३० २०:१९
रामारोसन गाउँपालिकाका बाढी पहिरो पिडित २ सय १६ जनालाई साइन नेपाल द्वारा राहत वितरण
शुक्रबार, आश्विन ३० २०:१९
shares