शुक्रबार, आश्विन ३० १०:२८
दिनेश फाउण्डेशन द्वारा बनदेबी मन्दिर परिसरमा सरसफाई
हरेक बर्ष झैं यस बर्ष पनि दिनेश ग्रुप अन्तरगत दिनेश फाउण्डेसनले शुक्रबार धनगढीको बनदेवी मन्दिर क्षेत्रमा सरसफाई गरेको छ । फाउण्डेसनको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा बनदेवी मन्दीर क्षेत्रमा सरसफाई गरेको हो । फाउण्डेसनले विगत ११ बर्षदेखी बनदेवी मन्दीर परिषरमा दशैको अवसरमा सरसफाई गर्दै आएको छ । सरसफाईसंगै मन्दिरमा रङरोगनपनि गरिएको छ। फाण्डेसनले आफ्नो वार्षिक क्यालेण्डर अनुसार प्रत्येक वर्ष रक्तदान र दशँै अगाडी सरसफाई कार्यक्रम गर्दै आएको छ।
