१३ कार्तिक २०७७, बिहीबार
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरीले गर्यो पहिलो पटक लिडर स्पीड गनको सुरुवात
बुधबार, आश्विन २८ १३:०७

सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरीले गर्यो पहिलो पटक लिडर स्पीड गनको सुरुवात

धनगढी २८,असोज ।
संघिय ट्राफिक प्रहरी कार्यलय अत्तरियाले सुदुरपश्चिम प्रदेशमा पहिलो पटक लिडर स्पीड गनको सुरुवात गरेको छ । दुर्घटना न्युनिकरणमा टेवा पुग्ने अपेक्षा सहित प्रहरीले अहिले देशका सबै प्रदेशहरुमा गनको सुरुवात गरेको हो ।

लिडर स्पीड गनले सडकमा स्पीडमा रहेका सवारी साधनहरुको स्पीड मापन गर्ने छ । अहिले प्रदेश स्तरमा यो मेसिनको सुरुवात गरियको भएपनि बिस्तारै सबै जिल्लाहरुमा यो मेसिन प्रयोगमा आउने ट्राफिक प्रहरी निरिक्षक अनिल राज उप्रेतीले बताए ।

उनले यो मेसीन सबै ठाँउमा सञ्चालन भएका दुर्घटना न्युनिकरणमा निकै टेवा पुग्ने बताए । लिडर स्पीड गनले सडकमा स्पीडमा आएका सवारी साधनको फोटा खिच्दै कति स्पिडमा सवारी चलिरहेको छ तेसको बारे जानकारी दिने उनले बताए ।

अहिले सडकमा यो मेसीनको परिक्षण गर्दै स्पीडमा रहेका गाडीका सवारी चालकहरु लाई सम्झाउने काम मात्र भएको बिस्तारै पछि यस्तो भएमा कारबाही समेत गर्ने उनले बताए ।

लिडर स्पीड गनको सुरुवात पछि सवारी दुर्घटनामा निकै राहत पुग्नेमा आफु ढुक्क रहेको प्रहरी निरिक्षक उप्रेतीले बताए ।

Sharing is caring!

Latest News

लागु औषध चरेशसहित २ जना पक्राउ
सोमबार, कार्तिक १० ११:११
सुदुरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन (साडा) कोअध्यक्षमा पुष्कर ओझा चयन
बुधबार, आश्विन २८ १३:०७
दिनेश फाउण्डेशन द्वारा बनदेबी मन्दिर परिसरमा सरसफाई
बुधबार, आश्विन २८ १३:०७
shares