१४ बैशाख २०८१, शुक्रबार
धनगढीको सिमानाकामा असईको शव मोहना नदीबाट निकालीए, जवान बेपत्ता
आईतवार, कार्तिक २ १३:४७

धनगढीको सिमानाकामा असईको शव मोहना नदीबाट निकालीए, जवान बेपत्ता

कैलाली,कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको शव मोहना नदीबाट निकालीएको छ ।

हिजो रातिदेखि बेपत्ता भएका असइ  बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनको घाटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ । 

मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनीसंगै गस्तीमा गएका प्रहरी जवान राम बहादुर साँउद भने फेला परेका छैनन । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करीव तीन किमीको दूरीमा रहेको मोहना नदीमा लाश फेला परेको थियो ।

प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहित, सशस्त्र प्रहरी, भारतिय सुरक्षा कर्मि लगाएतको टोली घट्नास्थल पुगेको छ ।
प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको छ ।

Sharing is caring!

रामारोसन गाउँपालिकाका बाढी पहिरो पिडित २ सय १६ जनालाई साइन नेपाल द्वारा राहत वितरण
आईतवार, कार्तिक २ १३:४७
आईतवार, कार्तिक २ १३:४७
shares