३० असार २०८३, मंगलवार
मंगलवार, कार्तिक १८ १८:०८

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुग्यो

खबरचित्र समाचार ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ । गत २४ घण्टामा ३ हजार १ सय १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा ८, खोटाङमा २, झापामा २२, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय ४९, संखुवासभामा २, सुनसरीमा १ सय ७ र सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ ।

प्रदेश २ को धुनषामा २७, पर्सामा १३, बारामा १०, महोत्तरीमा १०, रौतहटमा १२, सप्तरीमा २, सर्लाहीमा ८ र सिरहामा १९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा १ सय ४९, चितवनमा १ सय ९५, दोलखामा ११, धादिङमा २६, नुवाकोटमा ६९, भक्तपुरमा ६३, मकवानपुरमा ७९, रसुवामा १, रामेछापमा १३, ललितपुरमा १ सय ६३, सिन्धुलीमा ८ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६३, गोरखामा १६, तनहुँमा ३६, नवलपरासी पूर्वमा ३३, पर्वतमा १, मुस्ताङमा ३, म्याग्दीमा ६, लमजुङमा ७, बाग्लुङमा १५ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा १४, गुल्मीमा ११, दाङमा ९७, नलवपरासीमा १८, पाल्पामा ५, बर्दियामा २७, बाँकेमा ५३, रुकुम पूर्वमा ३, रुपन्देहीमा १ सय १ र रोल्पामा ६ जनामा कोरोना पाइएको छ ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ८, जाजरकोटमा २, जुम्लामा १०, डोल्पामा १, दैलेखमा ७, मुगुमा १, रुकुम पश्चिममा ९, सल्यानमा २ र सुर्खेतमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिमको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा ७३, डडेल्धुरामा १, डोटीमा १०, दार्चुलामा ४, बझाङामा २ र बैतडीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

Sharing is caring!

बझाङको बुङ्गल नगरपालिमा चाउमिन उद्याेग सञ्चालन
मंगलवार, कार्तिक १८ १८:०८
शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ
मंगलवार, कार्तिक १८ १८:०८