३० असार २०८३, मंगलवार
मंगलवार, कार्तिक १८ १८:१४

शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ

खबरचित्र समाचार ।

शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक सडकको भिरपट्टी नहरमा बैतडीका एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दका अनुसार उक्त पुरुषको शव बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर २ गन्नाका ४० वर्षिय गोबिन्द घरेडीको हो ।
    शवको छेउमै खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गन्नाका घरेडीको भएको खुल्न आएको उहाले बताउनुभयो । घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिंह साउदको नेतृत्वमा घट्ना स्थल खटिएको प्रहरी टोलीले मृतक घरडीका  अाफन्तहरु पुग्दा सम्म  शव निगरानीमा राखेको छ । 

Sharing is caring!

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुग्यो
मंगलवार, कार्तिक १८ १८:१४
बझाङमा थप ६ जनामा संक्रमण पुष्टि, जिल्ला भर संक्रमितको संख्या ६३९ पुग्यो
मंगलवार, कार्तिक १८ १८:१४