बुधबार, कार्तिक १९ १७:१८
पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ।
बिष्णु जोशी
।पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९ सय २३ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १ लाख ४४ हजार ९ सय ७८ जना उपचारपछि निको भएका छन् । त्यस्तै, नेपालमा एकै दिन थप ३० जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको छ । ३६ हजार ९ सय ११ जना आइसोलेसनमा रहेका छन् ।
