आईतवार, कार्तिक २३ ००:४९
कञ्चनपुरमा आगलागी हुँदा गोठमा जलेर नष्ट ।
खबरचित्र सम्बादाता ।कञ्चनपुरमा आगलागी हुँदा गोठमा जलेको छ । जिल्लाको बेलौरी नगरपालिका ८ पचुई बस्ने ६० बिरबहादुर चौधरीको गोठमा आगलागी भएको हो ।

गोठ नजिकै बालेको आगोको झिल्काबाट गोठमा आगलागी भएको सशत्र प्रहरी बल नेपाल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले बताएको छ ।
गोठमा आगलागी भएको खबर पाएपछि बिओपी पचुईबाट सशस्त्र सहायक प्रहरी निरीक्षक सुदिप कार्कीको कमाण्डमा खटिएको १० जनाको टोलीले आगो नियन्त्रणमा लिएको बताइएको छ ।
