३० असार २०८३, मंगलवार
बुधबार, कार्तिक २६ २३:४१

काठमाडौ उपत्यका मा फेरि लकडाउन हुने सङ्केत ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप-प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो । मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो ।

छलफलमा तिहार, छठ लगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ । ‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने ।

बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नु पर्ने सुझावसमेत आएका छन् । बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

Sharing is caring!

कोरोना नियन्त्रण का लागि१ अर्ब १४ करोड २९ लाख ६ हजार निकासा
बुधबार, कार्तिक २६ २३:४१
हाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमाहाँस्य टेलिसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा
बुधबार, कार्तिक २६ २३:४१