३० असार २०८३, मंगलवार
बिहीबार, कार्तिक २७ ००:२८

सरकारले गर्यो मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय ।

खबरचित्र सम्बादाता।धनगढी ।

सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन् ।
मंसिर १ गते भाइटिका र त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ।

Sharing is caring!

मलेसियामा एक नेपाली युवतीको ज्यान गयो।
बिहीबार, कार्तिक २७ ००:२८
आज मिति २०७७साल कार्तिक २७गते बिहिवार को राशिफल।
बिहीबार, कार्तिक २७ ००:२८