आगरामा ट्याक्सी दुर्घटना हुँदा तीन जना नेपालीको ज्यान गयो।
ब्युरो न्युज बिष्णु जोशी भारत।
आगरामा ट्याक्सी दुर्घटना हुँदा तीन जना नेपालीको ज्यान गएको छ। ट्याक्सीमा सवार चालकसहित अन्य चार जना नेपालीहरु दुर्घटनामा परि घाइते भएका छन। ट्याक्सीले दिल्लीको सरोजनीनगरबाटजम्मा सात जना नेपाली यात्रुहरु बोकेर नेपालको सुनौली नाकासम्म यात्रुहरुलाई लिएर जाँदै थियो। जानकारीका अनुसार मङगलवार राती ट्याक्सी मथुराको बलदेव थाना अन्तर्गत माइलस्टोन १३५ मा एक ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ट्याक्सीले पछाडीबाट ट्रकलाई ठक्कर दिएको घटनास्थलमा पुगेका ट्याक्सी मालिकका भाई मुकेशले बताएका छन। ट्रक रोकिएको थियो कि चल्दै थियो त्यसबारेमा थाहा हुन नसकेको उनको भनाई छ।
दुर्घटनाका कारण ट्याक्सी नराम्ररी क्षतिग्रस्त भएको छ। दुर्घटनामा परि ३ जना नेपालीको घटनास्थलमै मृत्यु भएको छ भने बाँकी ५ जना गम्भीर घाइते भएका छन। ज्यान गुमाउनेमा एक बालक र एक महिला पनि रहेका छन। घाइते भएका सबैलाई आगराको कृष्णा अस्पलातमा भर्ना गरिएको छ। घटनास्थमा पुगेका गाडी धनिका भाई मुकेशका अनुसार दुर्घटनामा परेकाहरुको पहिचान हुन सकेको छैन। nl tv

